पाचौं आई.सी. वाई सी. कप २०७९: सनि युनाइटेड च्याम्पियन

शान्ति युवा क्लब लाई उपाधी जित्न बाधक बनौं आत्मघाती गोल

कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका वडा नं. ५ मा आयोजित खुला फुटबल प्रतियोगिताको भब्यताका साथ सम्पन्न भएको छ।
May be an image of 15 people” स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद ” भन्ने मुल नाराका साथ लालझाडी गाउँपालिका वडा नं. ५ वडा कार्यालय देखतभुलीको आयोजनामा र इटाहा चारपाते युवा क्लब देखतभुली को समन्वय तथा सहकार्यमा पाचौं आई.सी वाई.सी कप खुल्ला फुटबल प्रतियोगिता- २०७९ को सनि युनाइटेड लालझाडी -५ देखतभुली च्याम्पियन बनेको छ।
May be an image of 7 people and people standingफाइनलमामा बुधबार उपाधीका लागि शान्ती युवा क्लब बेदकोट नगरपालिका दैजी र सनि युनाइटेड देखतभुली बिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा शान्ती युवा क्लब लाई ०-२ गोलले पराजित गर्दै सनि युनाइटेडले उपाधी जितेको हो। फाइनल खेलको ९ औं मिनेटमा शान्ति युवा क्लबको तर्फबाट आत्मघाती गोलको फाइदा संगै सनिले अग्रता गरेको थियो। दोस्रो हाफको दोस्रो ५४ औं मिनेटमा रोहित चौधरी गोल गर्दै स्कोर दोब्बर बनाए। शान्ति युवा क्लबको लागि उपाधी जित्न आत्मघाती गोल निराशा बनायो। May be an image of 8 people, people sitting, people standing and outdoorsप्रतियोगिताको सर्वाधिक गोलकर्ता शान्ती युवा क्लबका गजेन्द्र बिष्ट , उत्कृष्ट गोलरक्षक सनि युनाइटेडका भुवन कुवर चुनिए। उनलाई १ हजार ५ सय प्रमाणपत्र ,मेडल हात पारेका छन् ।May be an image of 8 people and people standingप्रतियोगिताको समापन कार्यक्रम सभापती कार्यक्रम संयोजक रामदास राना, प्रमुख अतिथि लालझाडी गाउपालिका अध्यक्ष निर्मल राना,बिशिस्ट अतिथी लालझाडी गाउपालिका उपाध्यक्ष सपना चौधरी राना, लालझाडी गाउपालिका ५ न. का वडाध्यक्ष पहल बहादुर थापा, कृष्णपुर नगरपालिका वडा न.३ का वडाध्यक्ष खेमराज चौधरी, कृष्णपुर नगरपालिका २ न. वडाध्यक्ष अर्जुन सिह साउँद, कञ्चनपुर जिल्ला फुटबल संघका पुर्व अध्यक्ष भिम बहादुर थापा, राष्ट्रिय भूमी आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगाना लगायत खेलाडी ,खेलप्रेमीको उपस्थिति रहेको थियो।
May be an image of 9 peopleप्रतियोगिताको च्याम्पियन टिम सनि युनाइटेडले नगद ७१ हजार १ सय ५१ रुपैया, उपविजेता टिम शान्ती युवा क्लबले ३५ हजार ५ सय ३५ रुपैया ट्रफी प्रमाण पत्र मेडेल हात पारेका छन् । आई.सी. वाई सी.कप का संस्थापक हेमन्त रानाले बताउनुभयो । May be an image of 9 people and skyप्रतियोगिता कार्तिक ११ देखि २३ गते सम्म सञ्चालन भएको थियो। भने प्रतियोगितामा ३४ टिमको सहभागिता रहेको रानाले बताए । पाचौं आई.सी. वाई सी. कप २०७९ कार्तिक ११ देखि २३ गते सम्म सञ्चालन भएको थियो।May be an image of 13 people, people standing and outdoorsखेलाडीहरुको उत्साह र मनोबल उच्च राख्नुका साथै सामाजिक सद्भावना र भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको रानाले बताए। प्रतियोगितामा ३४ टिमको सहभागिता रहेको थियो। उक्त प्रतियोगितामा अघिल्लो वर्ष भन्दा झन्डै २० हजार रुपैया बराबरको पुरस्कार राशिमा वृद्धि गरिएको थियो।May be an image of 6 people, people standing and outdoorsMay be an image of 6 people and people standingMay be an image of 10 people, people standing and outdoors

ताजा समाचार