विपक्षी दलका कार्यकर्ताहरुले मानसिक यातना दिए : आग्री (भिडियो सहित)


महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र ३ (क) प्रदेश सभा सदस्यका उम्मेदवार दिवान आग्रीले आफुलाई विपक्षी दलका कार्यकर्ताहरुले मानसिक यातना दिएको बताएका छन् । मंगलवार आफनो घोषणापत्र सार्वजनिक गर्ने क्रममा पत्रकार सम्मेलनमा उनले विपक्षि दलका कार्यकर्ताहरुले आफनो सम्पर्क कार्यालयमा विपक्षी दलले पुरै आफनो पार्टीको झण्डा ब्यानर राखेर सम्पर्क कार्यालयलाई आफनो पार्टीको जस्तो देखाउन खोजेको बताए ।

साथै बिभिन्न क्षेत्रमा प्रचारका लागि टास गरेको पम्पलेट पनि च्यनतेर फालिदिएको उनले आरोप लगाए । मंसिर ४ गते चुनजावको लागि कञ्चनपुर निर्वाचन क्षेत्र ३ (क) प्रदेश सभा सदस्यको उम्मेदवार आफु मात्रै स्वतन्त्र उम्मेदवार भएको दावि गरेका छन । मंगलबार आफ्नो निर्वाचन क्षेत्रको सचिवालयमा पत्रकार सम्मेलन गर्दै आग्रीले आफु मात्रै स्वतन्त्र उम्मेदवार भएको दावि गरेका हुन । एक घर एक रोजगारीको एजेण्डा अघि सारेका आग्रीलेकुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

जाँतो(जाँतरो ) चुनाव चिन्ह पाएका आग्रीले आफु मात्रै स्वतन्त्र उम्मेदवार भएको र अन्य स्वतन्त्र हुँ भन्नेलाई पार्टीबाट टिकट नपाएर असन्तुष्ट हुँदै उम्मेदवार बनेको आरोप लगाए । अरुले आचार संहिता उलङघन गरेपनि निर्वाचन आयोगले चुपचाप बसेको बताउदै उनले आफु स्वतन्त्र उम्मेदवारले आचार संहिता अनुरुप चुनाव प्रचार प्रसार गर्दा निर्वाचन आयोगले अप्ठेरोमा पारेको बताए ।

 


ताजा समाचार

spot_img