नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनुर आउदै

महेन्द्रनगरको खुलामञ्चबाट चुनावी सभाको सम्बोधन गर्ने

कञ्चनुर : एमाले कञ्चनपुरले आज हुने आमसभाको तयारी पुरा गरेको छ । आमसभाको तयारीका लागि ८ वटा समिति परिचालन गरी काम भएको आमसभा मूल समिति संयोजक लक्ष्मी बुढाले बताइन्। आज महेन्द्रनगरको खुल्ला मञ्चमा दिउँसो २ बजेबाट कार्यक्रम सुरु हुने छ । उक्त कार्यक्रमलाई अध्यक्ष ज्यूले ३/४ बजे सम्म सम्बोधन गर्न सक्ने जिल्ला अध्यक्ष तथा क्षेत्र ३ प्रदेश सभा २ का उमेदवार सुरेन्द्र बिष्टले बताए । कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि स्वयमसेवक परिचालन गरिने र कार्यक्रम आचारसंहिता उलंघन नहुने किसमले गर्ने जनाएको छ ।आमसभामा कञ्चनपुरका ९ वटै स्थानीय तहबाट सहभागी गराउन पार्टी कमिटीहरुलाई जानकारी गराएको छ।

एमाले केन्द्रीय अनुशासन आयोग सदस्य तथा पुर्व उप सभामुख भोजराज जोशीले एमाले पार्टिले सुदुरपश्चिमको दार्चुला जहाँ वर्षौबाट नेपालको भुमि भारतले अतिक्रमण गरेको थियो उक्त स्थान बाट चुच्चे नक्सा सहितको ब्यानर राखि देशब्यापि प्रचार अभियानको सुरुवात गर्ने बताए । चुच्चे नक्साले ओगटेको भूभाग फिर्ता ल्याउन एमालकै सरकार’ भन्ने मूल नाराका साथ एमालेले अभियानको थालनी गर्ने र ‘केपी ओलीकै पालामा नेपालको भूगोल बढ्ने गरी नक्सा जारी भयो, अब भूगोल फिर्ताको लागि एमालेकै सरकार चाहिन्छ,’ जोशीले भने, ‘पहिलो पटक राष्ट्रव्यापी चुनावी अभियान पश्चिमको दार्चुला, बैतडी, कंचनपुर हुदै सुरु हुनुले एमाले पार्टिको अध्यक्ष ओलिको पश्चिम र राष्ट्र प्रतिको लगाव पनि देखिन्छ।’ खासगरी भारतले अतिक्रमण गरेको दार्चुलाकै भूगोल नक्सामा बढेको कारण पनि ओलीले यो पटक यहीँ भूमिमा आएर चुनावी अभियानको समुद्घाटन गर्न लागेको जोशीको भनाई छ।

ताजा समाचार

This will close in 10 seconds