जेष्ठनागरिक बाट आर्शिरवाद लिएर चुनावी मैदानमा होमिए सिह

स्वतन्त्र पदका उमेदबार पुतलि चुनाव चिन्ह लिएका सिहले खोले भिमदत्त -१८ वडामा सम्पर्क कार्यालय


खडक कोली/ महेन्द्रनगर: कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले भीमदत्त नगरपालिका–१८ सालघारीमा सम्पर्क कार्यालय स्थापना गरेका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर उनले सम्पर्क कार्यालय खोलेका हुन्।

उनले भीमदत्त र दोधाराचाँदनी नगरपालिकाका अधिकांस वडामा सम्पर्क कार्यालय स्थापना गरी सकेका छन्। घरदैलो अभियानलाई समेत उनले तिब्रता दिएका छन्। निशुल्क शिक्षा, स्वास्थ्य, खानेपानीलाई उनले मुख्य चुनावी एजेण्डा बनाएका छन्। ‘हरेक नागरिकले शिक्षा, स्वास्थ्य र खानेपानी निशुल्क पाउनुपर्छ, त्यसका लागि हामी पहल गर्छाै,’ उनले भने, ‘त्योसँगै दिगो विकास निर्माणलाई पनि प्राथमिकतामा राखेको छु।’ एउटै व्यक्ति पटकपटक उम्मेदवार बन्ने र नेतृत्वमा पुग्ने परिपाटीको अन्त्यका लागि आफूले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको उनको भनाई छ। ‘राजनीति सेवा हो, पेशा होइन्, केही व्यक्तिले राजनीतिलाई पेशा बनाएका छन्,’ उनले भने, ‘यस क्षेत्रबाट पटकपटक निर्वाचन जित्छन्, तर जनताको लागि काम गर्दैनन्।

स्वतन्त्र पदका उमेदबार पुतलि चुनाव चिन्ह लिएका सिहले खोले भिमदत्त -१८ वडामा सम्पर्क कार्यालय खोलेका छन । सिहलाई कञ्चनपुरका प्रतिनिधि सभा क्षेत्र नं. ३ का जेष्ठनागरिकले विजयको शुभकामना तथा आशिरर्वाद दिएका छन । प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उमेदवार सिहले युवाहरुको आहवान, परिवर्तनको पक्षमा मतदान, पटक पटक होईन, एक पटक, रजनितिक सेबा हो, पेशा होईन भनी जनता सामु गएर विजय गराई दिनु हुनु अनुरोध गरेका छन । मसिर ४ गते हुन गईरहेको चुनाबि प्रचार प्रसार गरदै निःशुल्क शिक्षा, स्वास्थ्य, खानेपानि मुख्य चुनाबि एजेण्डा लिएर घरदैलो गरिरहेका छन । आफुले विजय हासिल गरेपछि यस क्षेत्रमा रहेका भुमिहिन, सुकुम्वासी र गरीबको पक्षमा उनिहरुको माँग पुरा गर्न आफुले पहल कदमी गर्ने बताए ।


ताजा समाचार

spot_img