कञ्चनपुर: आगामी ४ मंसिर हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि काँग्रेस निकट नेपाल विद्यार्थी संघले निर्वाचन परिचालन समिति विस्तार गरेको छ ।

नेपाल विद्यार्थी संघ क्षेत्रीय समितिले ५८ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो । नेपाल विद्यार्थी संघ क्षेत्रीय प्रचारप्रसार समिति ३ का संयोजक विक्रम बुढाद्वारा हस्ताक्षर गरेको विज्ञप्तीमा निर्वाचनलाई प्रभावकारी बनाउन र बाम लोकतान्त्रिक गठबन्धन जिताउन खट्ने प्रतिबद्धता जाहेर गरिएको छ ।









