ओलीले आफ्नो गुणगाना गाउँनेलाई मात्रै टिकट दिए : पुर्वमन्त्री लेखक


कञ्चनपुर : नेपाली काँग्रेस नेता एव केन्द्री सदस्य पुर्वमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुणगाना गाउँनेलाई मात्रै टिकट दिएको बताएका छन । नेता लेखकले ओली पार्टीमा तानाशाही बनेको प्रसङ कोट्याउँदै अछामबाट एकै जना भीम रावलको संसदका लागि निर्णय हुँदा पनि टिकट नदिएको बताए । ‘ओलीसंग असहमती राख्नेमाथि प्रहार र ओरिपरी घुम्नेलाई काँखी च्यापेका छन, ‘यो लोकतन्त्र बिरुद्धको कदम हो ।’ गुणगाना गाउँनेलाई टिकट दिएको लेखकले आरोप छ । बाम लोकतान्त्रिक गठबन्धनले हारे व्यवस्था जोगाउन मुस्किल पर्ने बताए । अहिलेको संविधान विस्तृती शान्ति सम्झौता अनुरुप बनेको हो ।

‘विस्तृत शान्ति सम्झौतामा काँग्रेसका स्व.गिरीजा प्रशाद कोईराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले गरेका थिए, ‘काँग्रेस केन्द्रीय सदस्य लेखकले भने, ‘संविधान रक्षा अहिलेको मुल आवश्यकता हो ।’ दोधाराचाँदनीमा थुप्रै सम्भावना रहेको ठाँउ भएको बताए । साढे तीन बर्ष निरन्तर सरकार चलाएका नेता र तिनका संसदले यस क्षेत्रको विकास लागि के गरे ? सुदूरपश्चिम विश्वविद्यालय माओवादी नेता टेकेन्द्र प्रशाद भट्ट र आफुले कञ्चनपुरमा ल्याएको बताएका छन । मंगलबार बाम लोकतान्त्रिक गठबन्धन दोधाराचाँदनीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेता लेखकले सुदूरपश्चिम विश्वविद्यालय माओवादी नेता टेकेन्द्र प्रशाद भट्ट र आफुले कञ्चनपुरमा ल्याएको बताएका हुन ।

‘०६४सालमा म र टेकेन्द्र जी संसद थिए, हामी दुवै अलग अलग पाटीबाट संसदमा गएका थिए, ‘लेखकले भने, ‘उहाँ माओवादीबाट चुनाव जितेरजानुभयो, म काँग्रेसबाट समानुपातिकबाट संसदमा गएका थियौँ ।’ दुवै जना फरक फरक पाटीबाट संसदमा गएपछि विकासका विषयमा राजनीतिक गर्न नहुने आफुविच सहमती र बुझाईरहेको बताउँदै लेखकले सुप विश्वविद्यालय कञ्चनपुरमा हामीहरुले ल्याएको बताए ।‘हामी दुई जना बसेर सुप विश्वविद्यालय विधेयक कस्तो ल्याउने, कसरी संचालन गर्ने सहमती गरेरै ल्याएका हौँ, ‘काँग्रेस नेता लेखकले भने, ‘अहिले केही मान्छे ठुलठुला कुरा गरिरहेका छन ।’ दोधारचाँदनीको भानु बहुमुखी क्याम्पसलाई सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनका लागि समेत पहल गर्ने बताए ।सुख्खा बन्दरगाह निर्माणदेखि यस क्षेत्रको विकासका लागि सबै मिलेर जानुपर्छ । ‘अहिले एमालेका साथी जितेका छन, ‘सबै मिलेर जानुपर्छ ।’

संघ र प्रदेशमा लोकतान्त्रिक बाम सरकार बन्ने बताउँदै एमालेसंग सहकार्य गरेर जाने बताए । दोधारा चाँदनीमा नाका विस्तारसंगै थुप्रै सम्भावना हुने बताउँदै लेखकले विकासको आधारमा अघि बढाउने बताए ।निर्वाचन क्षेत्र ३बाट प्रतिनिधी सभा सदस्य समेत रहेका लेखकले संघमा आफु र प्रदेश ३(क) माओवादी नेता टेकेन्द्र प्रशाद भट्ट र ३(ख)मा काँग्रेस नेता बेल बहादुर रानालाई भारी मत दिएर जिताउन समेत आग्रह गरेका छन । पाँच दलिय गठबन्धन भएकाले टिकटमा छुटेका सबै पार्टीका नेता कार्यकर्तालाई बाम लोकतान्त्रिक गठबन्धन र आ–आफ्नो पार्टीले हेर्ने समेत बताए । ओली प्रधानमन्त्री भएको दिनदेखि संविधान भत्काउने काम शुरु गरेको समेत बताएका हुन । प्रतिनिधी सभा सदस्यको सपथ बिनै संसदीय दलको नेता र प्रधानमन्त्री भनेको आरोप आरोप लगाउनुभयो । संविधान सभा सदस्य एव पुर्वमन्त्री समेत रहेका लेखकले ओलीले संविधान भत्काउने काम बाहेक अरु केही नगरेको दावि गरेका छन ।

‘पहिलो घटना प्रतिनिधी सभामा सपथ ग्रहण नगर्दै आफ्नो पाटीको संसदीय दलको नेता भनेर प्रधानमन्त्री बन्नुभयो, ‘लेखकले भने, ‘संसदीय दलको नेता मात्रै होईन प्रधानमन्त्री बन्नुभयो, यो संविधान विपरित थियो ।’पाँच बर्ष चल्नुपर्ने संसदलाई ओलीले असाधारण ढङगबाट दुई दुई पटक भङ गरेको बताए । ‘सर्वेच्चले बेठिक भयो भन्दा पनि फेरी भत्काए, ‘लेखकले भने, ‘संविधानले गरेका राजनीतिक व्यवस्था जोगाउनका लागि बाम लोकतान्त्रिक गठबन्धन भएको हो, ‘उनले भने, ‘यो चुनावका लागि मात्रै होईन, संविधान बचाउनका लागि हो ।’‘हामीले चुनाव हार्दा दोधारचाँदनीमा रहेको तटबन्धन जहाँको त्यही छ, ‘उनले भने, ‘स्थानीय सरकारले मात्रै चाहेर हुँदैन ।’ आगामी पाँच बर्षभित्र दोधाराचाँदनी सुख्खा बन्दरगाह निर्माण गरेर सम्बृद्धिको ढोका खोल्ने बताए ।


ताजा समाचार

spot_img