एमालेमा अपमान भएको भन्दै बेदकोटका माओवादी नेतृ पाटीमै फर्किए


कञ्चनपुर: केही समय अघि एमाले प्रवेस गरेका दुई बेदकोटकी माओवादी नेतृ पुन माओवादीमै फर्किएका छन । माओवादीबाट एमाले प्रवेस गरेको छोटो समयमै उनीहरु माओवादीमै फर्किएका हुन । बेदकोट नगरका जगनीदेवी डगौरा(थारु) र बिनादेवी चौधरी पुन माओवादीमै प्रवेस गरेका छन ।

उनीहरुले एमालेमा अपमान र माओवादीबाट आएको भन्दै राजनीतिक रुपमा विभेद गर्न थालेपछि आफ्नै घर फर्किएको बताएका छन । नेकपा माओवादी बेदकोटका युवा नेता राजुराम सार्की(भुल)ले भुलभुलैयामा माओवादीबाट एमाले प्रवेस गराएका दुवै नेतृ बिहीबार एक कार्यक्रमका विच माओवादीकै फर्किएको बताए । माओवानी नेता गणेश विक(कुसल) सहितका नेताहरुले पुन पार्टीमा स्वागत गरेका छन ।


ताजा समाचार

spot_img