कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा खुला ब्याडमिन्टर प्रतियोगिता शुरु भएको छ । बिहीबारदेखि बेलौरीमा खुला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको हो । बेलौरी नगरपालिका ४का वडाध्यक्ष अर्जुन ढकालले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद विकासमा जोडदिनुभयो । बेलौरी नगर पालिका वडा नं ४ को मुख्य प्रायोजन र बेलौरी नगर पालिका वडा नं ४ मा अवस्थित उग्रतारा बाल बिद्यालय तथा बेलौरी व्याडमिन्टन क्लबको सयुक्त आयोजनामा खुला व्याडमिन्टन (डबल) प्रतियोगिता हुन लागेको छ ।
बेलौरी व्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगितामा २४ टिमले सहभागिता भएको बताए । क्षेत्र नं १ मा व्याडमिन्टन खेलाडी उत्पादन गर्ने र यस खेल प्रति युवाहरुको आर्कषण बढाउने उदेश्यले उग्रतारा बाल बिद्यालयले बि।सं २०७१ साल देखी निरन्तर रुपमा व्याडमिन्टन प्रतियोगिता गर्दै आईरहको छ । बिगत २ बर्ष कोरोना महामारीका कारण सो प्रतियोगिता गराउन नसेकेको भए पनि यस बर्ष फेरी निरन्तरता दिन लागेको उग्रतारा बाल बिद्यालयका प्रिन्सिपल केशब सिंह बिष्टले बताए । प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार र द्धितिय हुने टिमले रु २०,हजार नगद र प्रमाण पत्र पाउने छन ।






