कञ्चनपुर: कञ्चनपुर क्षेत्र १मा नेकपा एमाले टिकट विवाद झन झन गिजोलिदै छ । सिफारिस भएका नेता कार्यकर्ताले टिकट नपाएको अवसरवादीलाई टिकट दिएको भन्दै एमाले नेता कार्यकर्ता रुष्ट थिए । अहिले चार जना एमाले नेताले क्षेत्र १मा आफ्नै उम्मेदवार बिरुद्धमा बागी उम्मेदवारी दिएका छन । एक नेताले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन । भने बाँकी तिन जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन ।संघ तर्फ सिफारिस भएका बीर बहादुर थापा(पालत) लाई प्रदेशका दिएपछि उनीपनि असन्तुष्ट नै छन । संघमै स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका थापाले असन्तुष्टका बाबजुत अन्तत प्रदेशमै उम्मेदवारी दिएका छन ।

क्षेत्र नम्बर १ मा एमाले पुराना नेता खेम सुवेदीले प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिएका छन । एमाले प्रदेश कमिटि सदस्य समेत रहेका सुवेदी पार्टीबाट सिफारिस भएका थिए तर, उनलाई पार्टीले टिकट नदिएपछि उनले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन । ०५१, ०६४, ०७०, ०७४ र ०७९ लगातार पाँच पटक क्षेत्र १ बाट सिफारिस हुने तर नेतृत्वले नपत्याएपछि टिकट अर्काले पाउँदै आएका छन । ‘मलाई स्थानीय पार्टी कमिटिले लगातार ०५१ देखि ०७९ सम्म उम्मेदवारका लागि सिफारिस गर्ने तर नेतृत्वले नबुझिदिदा टिकटबाट बञ्चित हुनुप¥यो, ‘एमाले नेता सुवेदीले भने, ‘यस्तो विडम्बना छ ।’ बेलौरीका स्थानीय समेत रहेका एमाले नेता सुवेदीले टिकट नपाएपछि क्षेत्र १ का नेता कार्यकर्ता पार्टी नेतृत्वबाट रुष्ट देखिएका छन । क्षेत्र १ (क) र (ख) प्रदेश सभामा एमाले नेतात्रय भक्त बहादुर अधिकारी, स्थिर प्रशाद घिमिरे र टेक बहादुर साउदले समेत पार्टीका उम्मेदवार बिरुद्धमा बागी (स्वतन्त्र) उम्मेदवारी दिएका छन । अधिकारी, घिमिरेले (क) र साउदले –ख)बाट स्वतन्त्र(बागी) उम्मेदवारी दर्ता गराउका छन । एमाले नेतात्रय अधिकारी, घिमिरे र साउद प्रदेश सभा सदस्यका लागि यस अघि सिफारिस भएका थिए ।

एमालेबाट संघ तर्फ सिफारिस भएका बिर बहादुर थापा(पातल)लाई (क) प्रदेश सभा र तारालामा तामाङ्गलाई सघं तर्फ टिकट दिएपछि असन्तुष्ट एमाले नेता कार्यकर्ता बागी उम्मेदवारी दर्ता गराएका हुन । नयाँ शक्ति नेपालका पुर्व नेता जगत बहादुर सायर र चुनावकै मुखमा माओवादी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र प्रवेस गरेकी हरिना भट्टले समेत स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन । एमाले नेता कुलबिर चौधरीका आफन्त नेत्रलाल चौधरीले समेत २(ख)बाट उम्मेदवारी दिएका छन । समाजवादीबाट सुप प्रदेशको राज्यमन्त्री रहेका कुलबिर चौधरीलाई प्रदेशमा टिकट दिने सर्तमा एमाले प्रवेस गराएपनि टिकट नदिएपछि कुलबिरले आफन्त नेत्रलाल चौधरीलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएको एमाले बेलौरीका नेता कार्यकर्ताको भनाई छ । क्षेत्र २मा समेत एमाले नेता टेक हमाल र क्षेत्र ३मा एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले पाटी र पार्टीले गठबन्धन गरेका राप्रपा उम्मेदवार बिरुद्धमा उम्मेदवारी दिएका छन । हमालले २(क) र चन्दले ३(ख)मा उम्मेदवारी दर्ता गराएका छन । एमाले कञ्चनपुरमा टिकट विवादले नेता कार्यकर्ता रुष्ट छन ।







