दोधारा चाँदनी । वर्षाको कारण दोधारा चाँदनी नगरपालिकामा संचालित रात्रीकालिन आदर्श रामलिला नाट्य श्रंखलामा आज एक दिनको लागी स्थगित गरिएको छ् । वर्षाको कारण रामलिला नाट्य श्रंखलामा समस्या आएको कारण आज एक दिनको लागी रामलिला नाट्य श्रंखला स्थगित गरिएको आदर्श रामलिला समिति दोधारा चाँदनीले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका–७ श्री लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा संचालित रात्रीकालिन आदर्श रामलिला नाट्य श्रंखलालाई वर्षाको प्रभावित बनाउदै आएको रात्रीकालिन आदर्श रामलिला नाट्य श्रंखलाका निर्देशक शुशिल राना मगरले जनाएका छन् ।

‘आज मिति २०७९/०६/२२ गते खराब मौसम (पानी परिरहेको) को कारण ले आज रामलीला नाट्य मंचन संचालन गर्न सम्भव नभएकोले सम्पुर्ण श्रदालु भक्त जनहरु मा यो सूचना जानकारी गराइन्छ्’ सामाजिक संजाल फेसबुकमा एक सुचना प्रकाशितमा भनिएको छ् । आदर्श रामलिला नाट्य श्रंखलाले साँस्कृतिक सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा सघाउने बताईएको छ् ।

रामलिला नाट्य श्रंखलाको माध्यमबाट भगवान रामको जिवनीबाट शान्ति पूर्वक जीवन बाँच्ने शिक्षा समाज र व्यक्तिलाई दिने मुख्य उद्देश्य रहेको आयोजक संस्था आदर्श रामलिला समिति दोधारा चाँदनीले बिश्वास लिएको छ् । रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डोर्याउन समेत आदर्श रामलिला नाट्य श्रंखलाले सहयोग श्रंखलाका निर्देशक शुशिल राना मगरले बताए ।

