घाँटीमा मासुको हड्डी अड्किएर एक पुरुषको मृत्यु

चितवन : मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एकजना पुरुषको मृत्यु भएको छ। चितवन कालिका नगरपालिका-८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको सोमबार साझ घाँटीमा हड्डी अड्किएर मृत्यु भएको हो।

सोमबार साझ करिब ७:३० बजेको समयमा क्षेत्रीको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएको थियो। त्यसपछि उनलाई स्थानीय मेडिकल लगिएको थियो। चिकित्सकले यहाँ उपचार गर्न जटिल हुने भए देखेपछि उनलाई पुरानो मेडिकल लैजान सुझाव दिएका थिए। तर अस्पताल पुग्नासाथ चिकित्सकले उहाँलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

पण्डितका अनुसार हाल क्षेत्रीको शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

ताजा समाचार

This will close in 10 seconds