बेलडाँडी प्रमुख रानाद्वारा झर्नाखोला नियन्त्रणका लागि चासो

कञ्चनपुर : विपद्को उच्च जोखिममा रहेको झर्नाखोलाको कटानीका कारण क्षतविच्छेत भएको क्षेत्र सुधारका लागि बेलडाँडी गाँउपालिका स्थानीय सरकारले चासो दिएको छ । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले झर्नाखोला नदीबाट क्षति भएको स्थानको स्थलगत अनुगमन गरेका छन ।

बेलडाँडी गाँउपालिका प्रमुख रानाले सरस्वती माध्यामिक विद्यालय नजिक स्थानीय जमन सिह नगालको घर नजिक झर्नाखोलाको कटानी र पुल क्षेत्रको स्थलगत अनुगमन गरेका छन । बेलडाँडी गाँउपालिका सव ईन्जिनियर महेश भट्टले गाँउप्रमुख रानाले झर्नाखोला नदीको डुवान क्षेत्र र पुलको सम्भाव्यता अध्ययनका लागि निरीक्षण गरिएको बताए ।

बेलडाँडी गाँउपालिका स्थानीय सरकारले समेत चुनावका बेलामा झर्नाखोलाको कटानी नियन्त्रणको एजेण्डा अघि सारेका थिए । झर्नाखोलाको कटानी निरीक्षण गर्दै गाँउपालिका प्रमुख रानाले झर्नाखोला नदी नियन्त्रण, खोलामा पुल निर्माण गरिने बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बग्ने झर्नाखोलाका कारण बेलडाँडी १ र बेलौरी ९को उर्बराभूमि बर्षनी कटानी गरिरहेको छ ।

ताजा समाचार