कञ्चनपुर : असार कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखालाई नगद सहयोग गरेको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८०मा रेडक्रस सोसाईटी जिल्ला कञ्चनपुर शाखालाई नगद सहयोग गरेको हो । रक्त संञ्चार बंंैंक स्थापनाका लागि भीमदत्त नगरपालिकाले रेडक्रसलाई सहयोग गरेको छ ।
शुक्रबार एक कार्यक्तमका विच भीमदत्त नगरका उपप्रमुख निलम लेखक (जोशी)ले रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका कार्यालय प्रमुख मनोज उप्रेतीलाई ५ लाखको चेक हस्तान्तरण गरेका छन । चेक हस्तान्तरण गर्दै भीमदत्त नगरका उपप्रमुख लेखकले जनतालाई रगत अभाव भएका बेला शिघ्र उपलब्ध गराउन समेत आग्रह गरेकी छिन । रेडक्रस सोसाईटी जिल्ला कञ्चनपुर शाखा प्रमुख मनोज उप्रेतीले गत बर्ष ४लाख र यस बर्ष ५लाख पाईएको बताए ।






