बेवारिसे अवस्थामा अवैध काठ फेला


कञ्चनपुुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मातहतमा रहको झलारी ईलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी नायब निरिक्षक उदय सिंह खडायतको कमाण्डमा खटिएको गस्ती टोलिले अवैध काठ फेला पारेको छ ।
कञ्चनपुर कृष्णपुर नगरपालिका वडाल नं. ९ पिपरीया (आमबगिया) मा लुकाई राखेको अवस्थामा सालको चार गोलिया (६० क्यु फिट) अवैध काठ फेला परेको हो ।
उक्त अवैध काठलाई सब डिभिजन बन कार्यालय पिपरीया बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवता तथा प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले बताउनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img