जिल्ला न्याय क्षेत्र समन्वय समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न


कन्चनपुर : जिल्ला अदालत कन्चनपुरको आयोजनामा जिल्ला न्याय क्षेत्र समन्वय समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार समितिका अध्यक्ष ध्रुव कुमार शाहको अध्यक्षतामा अन्तक्रिया कार्यक्रम आयोजना गरिएको हो। न्याय पालिकाको पञ्च बर्षिय कार्य सम्पादन गर्न सहजताको लागि न्याय क्षेत्र समन्वय समिति गठन भएको थियो। मेलमिलापका माध्यमबाट मुद्दा छिनोफानो गर्न सकेको खण्डमा सामाजिक सदभाव कायम रहने र सेवाग्राहीले छिटो न्याय पाउने गर्छ।

दक्ष जनशक्ति अभावमा स्थानीय तहमा गठन भएको न्यायीक समिति मा कार्य सम्पादन गर्न गाह्रो भएको सहभागीहरुले बताए । दक्ष जनशक्ति उत्पादनका लागि न्याय सम्बन्धी तालिम सञ्चालन गरि सेवा ग्राहीलाइ छिटो छरितो सेवा दिन सकिने छ। कार्यक्रममा कन्चनपुर जिल्ला अदालतका न्यायाधीश पदम राज पान्डे, स्थानीय तहका उप प्रमुख तथा न्याय समिति संयोजकहरु, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालय कन्चनपुर का प्रहरी उपरीक्षक श्याम प्रसाद चौधरी लगायत कानुन व्यवसायीको सहभागिता रहेको थियो।

श्रेष्तेदार जयन्ती अवस्थीले स्वागत मन्तव्य तथा कार्यक्रममा न्याय सम्पादन कार्यमा रहेको समस्या समाधानका विषयमा प्रकाश पार्नु भएको थियो । रणनीतिक योजना सहित सेवा प्रदान गर्न स्थानीय निकायमा नमुना तालिम केन्द्र स्थापनाको लागि बजेट उपलव्ध गराउन पर्ने हुन्छ। केही स्थानिय तहले बजेट विनियोजन गरेको सहभागी उप प्रमुखले बताए। कार्यक्रम सन्चालन दान बहादुर बोहराले गरेका थिए।


ताजा समाचार

spot_img