कञ्चनपुरका पत्रकार धामी पुरस्कृत

कञ्चनपुर : कञ्चनपुरका पत्रकार सुरेश धामी पुरस्कृत भएका छन । प्रेस काउन्सिल नेपालले पत्रकार धामीलाई पुरस्कृत गरेको हो । बिहीबार प्रेस काउन्सिल नेपालको ५३औँ बार्षिकोत्सव समारोहको अवसर पारेर धामीलाई पुरस्कृत गरेको छ । लामो समयदेखि जनताको पक्षका सकृय रुपमा काम गर्दै आएको भन्दै काउन्सिलले पत्रकार धामीलाई पुरस्कृत गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार धामीलाई नगदका साथै दोसल्ला ओढाएर सम्मान गरेका छिन ।

दुई दशक बढि समयदेखि पत्रकारितामा सकृय रहेका धामी ०५८ सालमा च्यानल नेपाल टिभीदेखि पत्रकारिता यात्रा गरेका थिए । ईमेज, न्यूज २४मा काम गरेका धामी ०६९ सालदेखि अपिटुडे दैनिकका प्रकासक भएर काम गर्दैै आएका छन । एमाले निकट प्रेस चौतारी कञ्चनपुरका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार धामीले यस अघि बेदकोट नगरपालिका सहितका सरकारी निकायमाबाट समेत पुरस्कृतका साथै सम्मान पाएका थिए । दार्चुला र कञ्चनपुर घर भएका पत्रकार धामीले समाजिक क्षेत्रमा काम गर्दै गरेपछि सरकारी निकायबाट प्रदान गरिएको पुरस्कारले थप हौसला प्रदान गरेको बताए ।

ताजा समाचार

This will close in 10 seconds