समाजवादी युवा संगठनका अध्यक्ष पन्त सहित एमालेमा प्रवेस

कञ्चनपुर : नेकपा एकीकृत समाजवादी कञ्चनपुरका युवा संगठनका अध्यक्ष हरिस पन्त सहितका युवा नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेस गरेका छन । बिहीबार युवा संघ नेपाल कञ्चनपुरका अध्यक्ष पन्त सहित आधा दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेस गरेको एमाले उपसचिव कर्ण बहादुर चन्दले बताए ।

उप सचिव चन्दले आफ्नै मुल पार्टी छाडेर गएकाहरु फर्किएको बताए । एमाले नेताहरुले आफ्नो पार्टीले छाडेर अर्को पार्टीमा जाने कुनैपनि नेता कार्यकर्ता स्वार्थको झुण्ड, बेबिचारी मात्रै भएको राजनेता हुन नसक्ने भन्दै एमाले छाडेर जानेहरु पुन आफ्नै मुल पार्टीमा धमाधम फर्किन लागेको बताएका छन ।

ताजा समाचार