बाढी प्रभावित परिवारलाई तत्काल राहत दिनुहोस् : बीना मगर

महेन्द्रनगर: प्रतिनिधि सभा सदस्य बीना मगरले बाढीपहिरो पीडित परिवारलाई राहत दिन सरकारसँग माग गरेकी छिन्। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै उनले बाढीपहिरो प्रभावित परिवारको उद्धार तथा राहत दिन तीनै तहका सरकारसँग माग गरेकी हुन्। ‘घाइतेहरुको सिघ्र उपचारका साथै प्रभावित परिवारहरुलाई यथासिघ्र राहत र उद्धारका कामहरु गर्नुहुन स्थानीय सरकार, प्रदेश र संघ सरकारसँग जोडदार माग गर्दछु,’ विज्ञप्तीमा भिनएको छ,‘समस्यामा परेका समुदाय र परिवारजनलाई आवश्यक सहयोग गर्न सबै युवाहरुमा आह्वान गर्दछु।’

बाढी प्रभावित परिवारकै साथमा रहेको उनले बताइएकी छिन्। ‘बाढीका कारण लालझाडी, बेलडाँडी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटा, दोधाराचाँदनीलगायतका पालिकामा धेरै जनताहरु घरबार बिहीन हुन पुगेका छन्,’ उनले भनिन्,‘दुःखको यस घडीमा प्रभावित जनताहरुको साथमा रहेको कुरा व्यक्त गर्दछु।’ केही दिनयता सुदूरपश्चिममा भइरहेको वर्षाको कारणले ठूलो जनधनको क्षति भएको छ।

ताजा समाचार

This will close in 10 seconds