धिरेन्द्र भट्ट/कंचनपुर : देशभर आज ‘नेपालको संविधान २०७२’ घोषणा भएको दिन स्वरुप संविधान दिवस मनाइदै छ। संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो। दिवसको अवसरमा सरकारले आज मुलुकभर सार्वजनिक विदा दिएको छ। देशमा ७ बर्ष अगाडि आजकै दिन इतिहासमा पहिलोपटक जनप्रतिनिधि सम्मीलित संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको दिन। ०७२ असोज ३ सम्म आउन देशले जनयुद्ध, अघोषित नाकाबन्दी, निर्दलिय पन्चायति व्यवस्था जस्ता थुप्रै संक्रमणकालिन अवस्था जस्ता थुप्रै चुनैतीहरुको मुकावला गरी आजको दिन मनाइरहेका छौ। ६५ बर्षको प्रतीक्षा र दलिय संघर्ष पश्चात् जनताले २०७२ असोज ३ गते नेपालका प्रथम रास्ट्रपति डा. रामवरण यादवले ‘नेपालको संविधान २०७२’ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ बर्ष पुरानो सपनाले पुर्णता पाएको हो।

जारी भएको यो संविधानले संघीयतालाई आत्मसात गर्दै हाल नेपाल संघीय प्रणालीको अभ्यासमा रहेको छ। हालसम्म नेपालमा विभिन्न समयमा गरी ७ वटा संविधानहरु लागू भएका छन्। नयाँ जारी भएको यो संविधानले नेपालमा गणतन्त्रको आधार मजबुत बनाएको आम बुझाई छ। तथापि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन।संविधान विभेदकारी भएको भन्दै मधेसवादी, आदिवासी जनजातिलगायत रुष्ट छन्। यद्यपि, सोही बिरोधाभाष बोकेका मधेसवादी दलहरू संविधान जारी भइसके पश्चात् पटकपटक सरकारमा समावेश भएका छन्। सरकार बाहिर रहदा संविधान संशोधनको एजेन्डा उठाएका ती मधेसवादी दलहरूले आफू सरकारमा रहदा आफ्नै एजेन्डा भुल्ने गरेको आरोप खेप्दै आएका छन्। हाल जारी संविधानमा आधार टेकि स्थानिय तह अन्तर्गतको दोश्रो पटक निर्वाचन सम्पन्न भइसकेको छ। संघीयतासहित जारी भएको संविधान अन्तर्गत आगामी मंसिर ४ मा प्रदेश तथा संघीय निर्वाचन हुने मिति नजिकिँदै गरेको बेला संविधान दिवसले आमजनतामा परिवर्तनको संदेश उजागर गर्ने छ। सो मितिमा हुने निर्वाचन नेपाल संघीयतामा







