समाजवादी पार्टीद्वारा दोदा पीडितलाई क्षतिपूर्ति र राहत दिन माग



कञ्चनपुर: नेपाल समाजवादी पार्टीले दोदा नदीबाट पीडित भएका वाढीपीडितलाई क्षतिपूर्ति र राहत दिन माग अघि सारेको छ । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी कञ्चनपुरले दोदा सहित कञ्चनपुर जिल्लाभरीमा वाढीबाट पीडित नागरिकको उद्दार, राहत एव क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको हो ।
समाजवादी पार्टी कञ्चनपुरका अध्यक्ष बलराम रानाथारुले दोदा नदीबाट पीडित भएका लालझाडीका स्थानीयको अवस्था स्थलगत अनुगमन गर्दै वाढीबाट पीडितलाई तुरुन्तै राहत, क्षति भएको अन्नबाली, भौतिक संरचना, सम्पत्ती सहितको विवरण संकलन गरेर यथाशिघ्रं दिनुपर्ने बताए । ‘वाढीबाट ठुलो मानविय क्षति नभएको छैन, ‘उनले भने, ‘किसानको अन्नबाली सखाप भएको छ, घर नष्ट, जायजेथा बेहालमा छन, पशु चौपामा मरेका छन ।’ गत बिहीबारदेखि अबिरल रुपमा परिरहेको बर्षातका कारण कञ्चनपुरमा दोदा नदी, सहितका खोला नालाले डुवान कटान गर्दै वितण्डा मच्चाएको छ । सयौँ परिवारको विचल्ली भएको छ । समाजवादीले देशका तीन तीन सरकार हुँदा वाढीपीडितमाथि झन पिडा नै पिडा थपिएको जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img