लक्ष्मी माध्यमिक विद्यालयले बाल दिवस बिबिध कार्यक्रमको आयोजना गरी मनाए


कन्चनपुर : कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयले बाल दिवस बिबिध कार्यक्रमको आयोजना गरी मनाएको छ। दिवस को उपलक्ष्यमा बिद्यालय परिसरबाट प्रभातफेरी र्याली प्रदर्शन गरेको थियो। बाल दिवसको अवसरमा अाधारभुत तहमा चित्रकला,र माध्यमिक तहमा हाजिरी जवाफ प्रतियोगिता अायोजना गरिएको थियो।

No description available.

उक्त कार्यक्रममा भीमदत्त नगरपालिका सामाजिक विकास समिति सदस्य तथा वडा नम्बर ४ का वडा अध्यक्ष सुशील कुमार भट्ट प्रमुख अतिथि रहेका थिए। अविभावक शिक्षक समितिका अध्यक्ष गणेश चन्द को सभापतित्वमा सम्पन्न भएको थियो। उत्कृष्ट विद्यार्थीलाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको प्रधानाध्यापक प्रमानन्द नाथले बताए।

No description available.

‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार’ नारा सहित आयोजना गरिएको ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा बिद्यालय परिसरमा विद्यार्थीहरुलाइ खाजा खिर ब्यवस्थापन गरेको प्रधानाध्यापक नाथले बताए। उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक प्रेम प्रकाश जोशीले गर्नुभएको थियो। स्वागत मन्तव्य प्रधानाध्यापक प्रमानन्द नाथले गरेका थिए।


ताजा समाचार

spot_img