कंचनपुरमा नदिमा बगेर एक जनाको मृत्यु

धिरेन्द्र भट्ट/कंचनपुर : कञ्चनपुरमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको ज्यान गएको हो ।

शनिबार बिहान स्थानीय ५३ वर्षीय रंगलाल वादीको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।जोगबुडा नदीमा बाढीसँगै बगेर आएका काठ दाउरा संकलन गर्ने क्रममा वादी बगेका हुन् । उनको शव बगेको ठाउँ एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।

ताजा समाचार

This will close in 10 seconds