दोधारा । दोधारा चाँदनीको हात्तीपिडित बस्ती बडुवाल टोलमा सामाजसेवी भिम कुमालले हात्तीबाट जोग्गीन टर्चलाईट बितरण गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडुवाल टोलमा सामाजसेवी भिम कुमालले स्थानियहरुलाई हात्तीबाट बच्न २० थान चार्जिङ टर्च बितरण गरेको स्थानियहरुले बताएका छन् । बिगत ३ साता देखि बडुवाल टोलमा हात्तीले आतंक मच्चाउदै आएको छ भने उनिहरुले लगाएको धान तथा मकै बाली नष्ट गर्दै आएको छ् । भिम कुमालले आफ्नो ब्यक्तीगतरुपमा स्थानियहरुको ज्यानको सुरक्षार्थ टर्च बितरण गरेको बताएका छन् । मध्यरातको समयमा भारतको जंगलबाट भित्रिएको जंगली हात्तीको बथानले झण्डै २ बिघाह भन्दा बाढी स्थानियहरुको किसानहरुको धान तथा मकै बाली उधनेर तथा खाएर नष्ट गर्दै आएको छ् ।


किसानहरुको अन्नवाली नष्ट गर्न थालेपछि बस्तीमा भोकमरी हुने सम्भावना बढेर गएको बताईएको छ् । संचारमाध्यममा बडुवाल टोलको हात्तीको आतंकको सामाचार आउदै गर्दा सामाजसेवी कुमालले उनिहरुको ज्यान जोगाउन गरेको सहयोग अतुलनिय रहेको स्थानियबासीहरुले बताएका छन् । सामाजसेवकी कुमालले जंगली हात्तीले मच्चाएको त्रासद्धिको बारेमा स्थानियहरु संग छलफल समेत गरेका थिए । पिडामा रहेको अवस्थामा आफुबाट हुने सहयोग गरेको भिम कुमालले बताएका छन् । ‘पिडामा रहेको अवस्थामा मानविय नाताले समेत सहयोग गर्नु सबैको कर्तब्य हो’ सामाजसेवी कुमालले भने । पिडामा रहेका अवस्थामा सामासेवी भिम कुमालले गरेको सामाजिक कार्यमा स्थानियहरु प्रशंसा गरेका छन् । बितरण कार्यक्रममा भक्त बहादुर सुनार, धन लाल दमाई लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।








