कञ्चनपुर : नेकपा विप्लव सुदूरपश्चिम प्रदेश कञ्चनपुरका नेता रमेश परियार नेपाली काँग्रेसमा प्रवेस गरेका छन । शनिबार एक कार्यक्रमका विच काठमाण्डौँमा विप्लव नेता परियार काँग्रेसमा प्रवेस गरेका हुन । लामो समय नेकपा माओवादी, बैद्य, विप्लवमा काम गरेका नेता परिवार सहितका केही विप्लव नेता कार्यकर्ता काँग्रेसमा प्रवेस गरेका छन ।

काँग्रेस नेता जनक भट्टका अनुसार नेकपा विप्लव बैकल्पिक केन्द्रीय सदस्य रमेश परियार सहित, अखिल नेपाल महिला संघ क्रान्तिकारी कञ्चनपुर अध्यक्ष कल्पना परियार, नेकपा काठमाण्डौँ कञ्चनपुर सम्पर्क मञ्च दिपेश नागरी, सचिव राधव परियार, जनमुक्त पार्टीका केन्द्रीय उपाध्यक्ष रबिन्द्र सुनार सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेस गरेको छन । उनीहरुलाई काँग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा सहितका नेताहरुले स्वागत गर्दै पार्टी सदस्यता वितरण गरेका छन ।

पछिल्ला दिनहरुमा माओवादी पृष्टभूमि नेता कार्यकर्ता एमाले, काँग्रेस प्रवेस गरिरहेका छन । क्रान्ति गछौँ, एमाले काँग्रेसले देश बिगारेको भन्दै मुख च्यातिने गरी क्रान्तिकारी भाषण छाड्नेहरु नै धमाधम माओवादीमा संसदसम्मका पद हत्याउँदै अन्य पार्टीमा प्रवेसले चरम अबसरवाद र वैचारिक विचलनको पराकाष्ठा आएको समेत राजनीतिक वृतमा टिप्पणी गरिएको छ ।







