दोधारा । दोधारा चाँदनी नगरपालिकामा सिमापारीबाट भित्रिने छाडा पशुचौपायाको कारण ब्यवस्थापनमा थप चुनौती थपिएको छ् । दोधारा चाँदनी नगरपालिका संग जोडिएको भारतिय जंगलबाट भित्रिने छाडा पशुचौपायाको कारण नगरपालिकालाई छाडा पशुचौपाया ब्यवस्थापन तथा नियन्त्रणमा थप चुनौती थपिएको हो । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोज स्थित रहेको दिपज्योती मध्यवर्ती सामुदायिक बनमा नगरपालिका कार्यालयले निमार्ण गरेको काँञ्जी खोर दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको अनुगमनको क्रममा स्थानियहरुले भारतिय क्षेत्रबाट भित्रिने छाडा पशुचौपायाको कारण हैरानी खेप्नु परेको बताएका छन् ।


कञ्चनभोज संग जोडिएको भारतको नगरा, झेप्पुझाला लगाएत क्षेत्रबाट रातीको समयमा भित्रिने छाडा पशुचौपायाको कारण किसानहरुले सास्ती खेप्दै आएको स्थानियहरुले बताएका छन् । रातीको समयमा ठुला जुरा भएको साँडे गौरुहरु सिमा पार गर्दै बस्तीमा भित्रिने गरेको स्थानियहरुको भनाई रहेको छ् । ‘रातीको समयमा ठुला–ठुला गाई, गोरु भारतिय जंगलबाट बस्तीमा पस्ने गर्छन्, धपाउन गए उल्टै खेद्न आउछ’ स्थानियहरु भन्छन् । कञ्चनभोज क्षेत्रलाई लक्षित गरि दोधारा चाँदनी नगरपालिका कार्यालयले दिपज्योती मध्यवर्ती सामुदायिक बनमा काँञ्जी खोर निमार्ण गरि स्थानिय ४ जना हेरालु राखेको छ् । मेयर लिम्बुले स्थानियहरु संग भेट गरि भारतबाट आउने छाडा पशुचौपाया रोक्न के गर्न सकिन्छ भन्ने बिषयमा छलफल समेत गरेका छन् । स्थानियहरुले दूध दिन छाडेपछि छाडिदिने र भारतबाट भित्रिने पशुचौपायाले सताउन थालेको मेयर लिम्बुलाई जानकारी गराएका छन् । दिपज्योती मध्यवर्ती सामुदायिक बनको काँञ्जी खोरमा अहिले झण्डै एक सय भन्दा बढी छाडा पशुचौपाया रहेका छन् । नगरपालिकाले छाडा पशुचौपाया नियन्त्रण तथा ब्यवस्थापनको लागी नगर क्षेत्रमा रहेका सामुदायिक बनहरुमा ६ स्थानमा काँञ्जी खोर निमार्ण गरि २९ जना हेरालु राखेको छ् ।







