दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले छाडा पशुचौपायाको पिडा कम नभए आफु संग सिधै सम्पर्क राख्न अनुरोध गरेका छन् । दोधारा चाँदनी नगरपालिकामा रहेको छाडा चौपायाहरुले स्थानिय किसानहरुको धान, मकै तथा तरकारी वाली खाएर नष्ट गर्न थालेपछि दोधारा चाँदनीबासीको जनजिवन प्रभावित हुदै आएको छ् । दोधारा चाँदनी नगरपालिका संग जोडिएको पालिकाहरु त्था सिमा पारीबाट आउने छाडा पशुचौपायाहरुलाई नियन्त्रण तथा ब्यवस्थापन गर्न दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीहरुलाई समस्या देखा परेको छ् । खेतवारीवारी र सडकहरुमा देखा पर्ने बेग्रल्ती छाडा पशुचौपायाहरु नियन्त्रण गर्न दोधारा चाँदनी नगरपालिकालाई सकस भएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नगरपालिकाले छाडा पशुचौपाया ब्यवस्थापनमा गर्दै आएको कार्यले स्थानिय किसानहरुमा राहत महशुस नभए नगरपालिका कार्यालयमा आएर जानकारी गराईदिन आग्रह गरेका छन् । उनले छाडा पशुचौपाया नियन्त्रण तथा ब्यवस्थापनको लागी नगर क्षेत्रमा ६/६ स्थानमा काँञ्जी खोर निमार्ण संग चौपायाहरुलाई लागी २९ जना हेरालु राखेको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा एक स्टाट्स लेख्दै नगरपालिका कार्यालयको बजेटले भ्याय सम्म हामी जनताको सल्लाह सुझाव अनुसार नयाँ रणनिति अनुसार ब्यवस्थापन कार्य गर्ने बताएका छन् । ‘अव नगरपालीकाले छाडा चौपाया व्यवस्थापन गर्दै गरेको पहलले जनतालाई कुनै किसिमको राहत तथा सुविधा महसुस भएको छैन् भने तुरुन्तै नगरपालीका आएर जानकारी गराईदिनको निम्ति म विनम्र अनुरोध गर्दछु । यो दुई महिनामा कतिले घरका चौपाया छोड्नु भएको छ् र कति भारतबाट भित्रिएको छ त्यो सबैलाई जानकारी भएकै हुनुपर्छ् । वर्षेनी बालीनास भए गरिबी बढ्ने र गरिबीमा बाँच्नु पर्दाको पिडा, गरिबीले निम्त्याउने विकृती विसंगती, सरकारमा पर्ने नकारात्मक प्रभाव सबै कुराको बारेमा ध्यान पुर्याएर हामीले समग्र किसानको आयको स्रोत अन्नबाली जसरी पनि जोगीनु पछर्् भनेर चौपाया व्यवस्थापनको लागि ६ / ६ ठाउंमा खोर बनाएर २९ जना हेरालु समेतको व्यवस्थापन गरेका हौ । तर पनि कृषक जनताको पिडा कम नभएको भए अब सिधै नगरपालिका आएर सम्पर्क गर्नको निम्ति म फेरी पनि विनम्र अनुरोध गर्दछु । नगरपालिकाको बजेटले भ्याय सम्म हामी यहांहरु कै सल्लाह सझाव अनुसार नयां रणनिति अनुसार अगाडी बढ्ने कुरा जानकारी गराउदछु ।’ सामाजिक संजाल फेसबुकमा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले लेखेका छन् ।







