कञ्चनपुर : सरकारले निम्नस्तरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको तलब बृद्धि नगरेपछि कर्मचारीको आन्दोलन निरन्तर चलिरहेको छ । केन्द्रमा शिक्षा मन्त्रालदेखिका अन्य मन्त्रालयमा धर्नादेखि आन्दोलनका कार्यक्रम निरन्तर चलिरहेका छन । भने, देशभरी विद्यालय बन्द गर्न लागेका छन । सामुदायिक विद्यालय कर्मचार कर्मचारीको पारिश्रमिक बृद्धिका लागि सरकारले आन्दोलन गर्दा समेत कुनै सुनुवाई नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यालय कर्मचारीले बताएका छन । नेपाल विद्यालय कर्मचारी परिष्द कञ्चनपुरका सचिव महानन्द पाण्डेयले अन्य सबै सरकारी निकायका निजामती सहितका कर्मचारीको चालु आर्थिक बर्ष २०७९/०८० देखि तलब बृद्धि गरेपनि विद्यालय कर्मचारीको तलब बृद्धि नगरेपछि १ भदौँदेखि आन्दोलनमा उत्रिएका विद्यालय कर्मचारीले आन्दोलन निरन्तर जारी राखेको बताए । १२ भदौँदेखि १८ सम्म विद्यालय बन्द गर्नका लागि शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई केन्द्रमा ज्ञापन पत्र बुझाएर आन्दोलनका लागि समन्वय गरिदिन आग्रह गरिएको बताए ।

‘हामी लामो समयदेखि विद्यालयका कार्यरत छौँ, ‘उनले भने, ‘सरकारले अन्य कर्मचारीको तलब बृद्धि ग¥यो, हाम्रो गरेको छैन, ‘ठुला कर्मचारीको कम नभएको भन्दै आयोग गठनदेखि घोषणा नै नगरेको तलब बृद्धि गर्न तयार भयो, यो भन्दा विडम्बना अरु के हुन्छ ।’ नेपाल विद्यालय कर्मचारी परिष्द भीमदत्त नगरका अध्यक्ष रमेश खडकाले समेत शिक्षा विकास तथा समन्वय इकाई केन्द्रमा ज्ञापन पत्र बुझाउँदै विद्यालय कर्मचारीमाथि यस्तो विभेद भन्दै दुखेसो पोखेका छन । बषौँदेखि सरकारी विद्यालयका कुर्बानी अर्थात जिवन विताएका कर्मचारी निरास हुँदै आन्दोलित भएका छन । बाम लोकतान्त्रिक पाँच दलिय सरकारले चालु आर्थिक बर्ष २०७९/०८०मा निजामती कर्मचारी सहित सबै राष्ट्रसेवक कर्मचारीको शुरुको तलबमा १५ प्रतिशतका दरले पारिश्रमक बृद्धि ग¥यो । त्यतिले मात्रै उपल्ला कर्मचारीलाई नपुगेपछि मार्यादाक्रम मिलाउने बहानाबाजी गरेर चालु बर्षको बजेट वक्यव्य मार्फत अर्थमन्त्री जनार्दशन शर्मा (प्रभावकर)ले अधिकृतदेखि माथिल्ला कर्मचारीका लागि संसद छलेर घोषण भन्दा दोब्बर जती पारिश्रमिक दिन तयार भए । तर, रातदिन न्यून तलबमा काम गर्दै आएका देशभरिकै वडामा रहेका समुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीलाई सौतेली व्यवहार एव निरास बनाएको छ ।

विद्यालय तर्फ सहायक, प्रशासक एव लेखा तर्फ कार्यरत विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि नगरेपछि आगामी भदौँ १गतेदेखि विद्यालय कर्मचारी आन्दोलित भएका छन । समाजवादको नीति, सिद्धान्त अघि सारेको सरकारले निम्नस्तरका कर्मचारीमाथि दया भन्दा तानाशाही प्रवृति लादेको भन्दै उनीहरुले सरकार नै कर्मचारीप्रति सौतेली व्यवहारमा उत्रिएकाले आन्दोलनमा जाने घोषणा गरेका छन । शनिबार कञ्चनपुरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले पनि सरकार नै सौतेली व्यवहारमा उत्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन । आफुहरु पनि सरकारकै लागि काम गर्ने अन्य निजामती र विश्वविद्यालयमा कार्यरत कर्मचारीपनि सरकारकै लागि काम गर्ने तर, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको दैनिक कामकाज पनि बढि हुने तर, आफुहरुको श्रमको समेत सरकारले मुल्याङ्गकन नगरेको दुखेसो पोखेका छन ।







