
दोधारा । बागेश्वरी असल शासन क्लव (बास) दोधारा चाँदनीको नगर संयोजकमा दुर्गा बडुवाल चयन भएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा आज बसेको बैठकले बागेश्वरी असल शासन (बास) दोधारा चाँदनीको नगर संयोजकमा दुर्गा बडुवाललाई चयन गरेको हो । उपाध्यक्षमा बर्खा साँउद, सचिवमा राजु भट्ट, सह–सचिवमा भरत कठायत, कोषाध्यक्षमा आकृती कसेरा गरि १५ सदस्यीय बागेश्वरी असल शासन (बास) दोधारा चाँदनीको नगर कार्यसमिति गठन गरिएको बर्खा साँउदले जानकारी दिएका छन् ।


१५ जना बाट २५ जना पदाधिकारीको कार्यसमिति निमार्ण गरेर समितिलाई पुर्णता दिने बताईएको छ् । बास नेपालले समाजमा भएका विभिन्न विकृति तथा विसंगतीहरुका विरुद्ध लड्दै आइरहेको छ् । संगठनका देशभरीनै विभिन्न शाखा तथा समितिहरु रहेका छन् । यो भ्रष्टाचार विरुद्धको विश्वव्यापी संस्था ट्रान्सप्यारेन्सी इन्टरनेशल नेपाल संग आवद्ध संस्था हो । यो संस्थाले भ्रष्टाचार संगै महिला तथा बालबालिकाका हकहितका बिषयमा समेत आवाज उठाउदै आइरहेको छ । क्लव चयनमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गणेश मिश्र, बागेश्वरी असल शासन क्लव (बास) का केन्द्रिय सदस्य मनमोहन बर्मा, प्रदेशका प्रदेश संयोजक सुमन पनेरु, जिभिजी परियोजना अधिकृत सर्मिला थापाको उपस्थिती रहेको थियो ।








