शुक्लाफाँटा नगरपालिकामा आधुनिक प्रशासकिय भवन निर्माणको कार्य अन्तिम चरणमा


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा आधुनिक प्रशासकिय भवन निर्माणको कार्य अन्तिम चरणमा पुगकेको छ । भवन निर्माणको कार्य ९४ प्रतिशत पुरा भएको छ । एशियाली विकास बैंक(एडीवि)को सहुलियत ऋण सहयोगमा क्षेत्रिय शहरी विकास आयोजना अन्र्तगत रु १० करोडको लागतमा भवन निर्माणको कार्य अगाडी बढाईएको छ । निर्माण भैरहेको भवनमा भुइतलामा ३१ वटा र पहिलो तलामा १९ गरी ५१ वटा कोठाहरु रहेका छन । भवनमा नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृतका कार्यकक्ष, सचिवालय, बिषयत १० वटै शाखाका कार्यकक्ष, सभा हल, सौचालय लगायत निर्माण गरिएको नगरपालिकाका इन्जिनियर दिपक धामीले बताए ।

‘भवनका दुवै तलाको ढलानको कार्य पुराभै रंगरोगनको कार्य भैरहेको छ’ उनले भने, ‘दुई महिना भित्रै भवन निर्माणको कार्य पुरा हुन्छ ।’ शर्मा एण्ड कम्पनी संग भवन निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ । भवन निर्माणका लागि निर्माण कम्पनी संग सन् २०१९ को अगष्टमा सम्झौता गरिएको थियो । भवन निर्माणका लागि निर्धारित समयावधि गत असार मसान्तमै सकिएको छ । सम्झौता अनुसार रु तीन करोडको निर्माण कम्पनीले थप कार्य गर्नु पर्ने भएकाले म्याद थपका (भेरिएसनका) लागि पठाईए छ । ‘भवन निर्माणको कार्य लगभग पुरा भएको छ’ इन्जियिर धामीले भने, ‘भवन निर्माण संगै पालेघर र पर्खाल निर्माणको कार्य गरिएको छ,, टायल विछयाउने, गार्डेन निर्माण गर्ने, प्रवेश द्वार र पार्किङ स्थल निर्माणको कार्य भैरहेको छ, त्यो कार्य पुरा भएपछि निर्माणको कार्य पुरा हुन्छ ।’

भवन निर्माण भैरहेको जग्गाको क्षेत्रफल छ हजार ४०८ वर्ग मिटर अर्थात १९ कठ्ठा रहेको छ । भवनले मात्रै ओगोटेको क्षेत्रफल एक हजार ६८० वर्ग मिटर रहेको छ । ‘मुख्य प्रशासकिय भवन निर्माणको कार्य पुरा भएपछि सेवाग्राहीलाई सेवा उपलव्ध गराउन निकै सहज हुन्छ’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘अहिले जस्तो बिषयत शाखा सञ्चालन गर्न गाह्रो हुदैन । एकै भवनबाट नगरपालिकाबाट उपलव्ध हुने सबै सेवाहरु सेवाग्राहीलाई उपलव्ध गराउन सकिन्छ ।’


ताजा समाचार

spot_img