समाजवादी कञ्चनपुरको कार्यकर्ता प्रशिक्षण

पदका लागि समाजवादी आएका स्वार्थपूतिपछि थप स्वार्थ लुटन एमालेमा प्रवेस गर्न लागेको टिप्पणी


कञ्चनपुर : नेकपा एकीकृत समाजवादी पार्टीले जिल्ला स्तरका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएकोछ । एकीकृत समाजवादी पार्टी कञ्चनपुरको आयोजनामा शुक्रबार महेन्द्रनगरमा जिल्ला स्तरका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको हो । पार्टी प्रशिक्षण कार्यक्रममा नेता कार्यकर्ताहरुले सत्तामोहमा लागेका एमाले अध्यक्ष ओलीले सविधान ध्वस्थ गरेका बेला रक्षाका लागि पार्टी खोलेको दावि गरेका छन । समाजवादीवादीले सैद्धान्तिक नीति अनुरुप देश र जनताको हितमा काम गर्ने र जनपक्षीय कामका साथै चुनाव केन्द्रीत भएर खटिन आब्हान गरेका छन ।

नेकपा एकीकृत समाजवादी कञ्चनपुरका युवा नेता रमेश पन्तले पार्टी महासचिव बेदुराम भुसालको प्रमुख आथित्यमा प्रशिक्षण कार्यक्रम गरिएको बताए । प्रशिक्षण कार्यक्रममा समाजवादीका नेता कार्यकर्ताहरुले एमालेबाट लखेटिएका र समाजवादीमा आएका राजकीय पद पेटभरी खाएर मन्त्रीबाट हटाएको झोकमा केही नेता कार्यकर्ता पुन उतातिर स्वार्थ लुट्नका लागि जान लागेको हल्लाको पछी नलागेर समाजवादको यात्रामा खटिन आग्रह गरेका छन । केही नेताहरु उता नपाए यता आएर विभिन्न पद लिएर फेरी फर्किन लागेको हल्लाले समाजवादी कतैपनि नढगमगाउने बताएका छन । निहीत व्यक्तिगत स्वार्थ र पदका लागि पार्टी चहार्ने नेता कार्यकर्ताहरुलाई जनताले समेत चिनेकाले एमालेमा टिकटका लागि गईरहेको जनाएका छन ।

उता टिकट र निहित स्वार्थपुरा नभए पुन समाजवादीमै फर्किने भएकाले यस्ता नेताबाट देशलाई केही योगदान नपुग्ने भन्दै ढुक्क भएर देश र जनताकोहितमा काम गर्न कार्यकर्तामा आब्हान गरिएको छ । पार्टी अध्यक्ष जीवनराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव बेदुराम भुसाल प्रमुख अथिति रहेका थिए । केन्द्रीय सचिव गरीमा शाह, सुप प्रदेश अध्यक्ष हर्क ब.सिह, प्रदेश सचिव दिनेश सुवेदी, उपमहासचिव दिर्घ सोडारी, जिल्ला इन्चार्ज लाल ब. खडका, आर्थिक मामिलामन्त्री प्रकास रावल, राज्यमन्त्री कुलबिर चौधरी, केन्द्रीय सदस्य माया पन्त सहितका समाजवादीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा नेकपा समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीले कार्यक्रम संचालन गरेका थिए । जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img