दोधारा चाँदनीमा आदर्श रामलिला नाट्य श्रंखला संचालन हुने


दोधारा । दोधारा चाँदनी नगरपालिकामा रामलिला संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा आदर्श रामलिला समितिले यस वर्ष रामलिला नाट्य श्रंखला संचालन हुने भएको छ् । हिजो बसेको सर्वपक्षिय बैठकले बिगतका दिनहरुमा बाबाथान बजारको लक्ष्मी माध्यमिक बिद्यालयको पांग्रणमा संचालन हुदै आएको भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला यस वर्ष पनि संचालन गर्ने गरेको हो ।

गएको वर्षमा कोरोना संक्रमणको कारण संचालन हुन नसकेको रामलिला यस वर्ष भब्यताको साथ रामलिला नाट्य श्रंखला संचालन गर्ने भएको बताईएको छ् । बैठकले रामलिला समितिलाई पुर्णता दिने र सल्लाहकार समिति गठन समेत गरेको छ् । भगवान रामको चरित्रमा आधारित नाट्य श्रंखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा बिश्वास समेत गरिएको छ् । सर्वपक्षिय बैठकमा दोधारा चाँदनी नगरपालिकामा मेयर किशोर कुमार लिम्बु, राजनितिक दलका प्रतिनिधी, आदर्श रामलिला समितिका पाधिकारी, कलाकार तथा स्थानियहरुको उपस्थिती रहेको थियो । बर्तमान युवाहरुमा बढदै गइरहेको विकृति र भगवान रामले गरेका त्याग सिक्नु पर्ने र सिकाउने उद्देश्यले रामलिला नाट्य श्रंखला संचालन गर्न लागिएको बताईएको छ् । लोक संस्कृतीको संरक्षण संचालन गर्न लागिएको रामलीला नाट्य श्रंखलालाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ् ।

 


ताजा समाचार

spot_img