गैर कानुनी धन्दा चलाउने नाई व्यवसायीलाई कार्बाहीको माग राख्दै भीमदत्त नगरमा ज्ञापन


कञ्चनपुर : गैर कानुनी रुपमा धन्दा चलाउने, ग्राहकबाट अनाधिकृत रुपमा बढी पैशा अशुल्ने, स्थानीय सरकारलाई कर नबुझाउने नाई व्यवसायी बिरुद्धमा कार्बाहीको माग अघि सारेर भीमदत्त नगरका ज्ञापन पत्र बुझाईएको छ । नेपाल नाई संघ कञ्चनपुरले सोमबार भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै महेन्द्रनगर बजार क्षेत्र सहित नगरपालिका क्षेत्रमा गैर कानुनी रुपमा धन्दा चलाउने व्यवसायीमाथि कार्बाहीको माग असघ सारेर ज्ञापन पत्र बुझाईएको हो ।
नेपाल नाई संघ कञ्चनपुरका अध्यक्ष राम सोगारथ ठाकुरले महेन्द्रनगर बजारमा भारतीय नागरिक सहितले अनाधिकृत रुपमा नाई व्यवसायीका नाममा गैर कानुनी धन्दा चलाएको भन्दै रोक्नुपर्ने माग अघि सारेर पालिकामा ज्ञापन पत्र बुझाएको बताए । नाई संघमा गैर कानुनी धन्दा चलेको भन्दै रोक्न नसके विकृती बढ्ने बताए ।
नाई संघ कञ्चनपुरका अध्यक्ष ठाकुरले भीमदत्त नगरका उपप्रमुख निलम लेखक(जोशी)लाई ज्ञापन पत्र बुझाएका छन ।
ज्ञापन पत्रमा नगरपालिकाको निश्चित मापदण्ड बनाएर कानुनी दायरमा ल्याउनुपर्ने, कपाल काट्ने व्यवसायीलाई अनिवार्य करको दायरमा ल्याउने, नाई पसलमा आधारभूत सरसफाई व्यवस्थापन गर्नुपर्ने, नाई पसलमा अनिवार्य दररेट राख्नुपर्ने, नगरपालिकाबाट हरेक महिना अनिवार्य अनुगमन गर्नुपर्ने माग अघि सारेका छन । ज्ञापन पत्र बुझ्दै उपप्रमुख लेखकले नाई व्यवसायमा देखिएका विकृती, बिसङगती रोक्नका लागि पहल गरिने प्रतिबद्धता जाहेर गर्नुभयो ।


ताजा समाचार

spot_img