पुर्व विद्यार्थी नेता ऐर वाईसियल नेपालको केन्द्रीय सचिव


कञ्चनपुर: कञ्चनपुरदेखि काठमाण्डौँसम्म अखिल क्रान्तिकारीका पुर्व विद्यार्थी नेता नवराज ऐर वाईसियल नेपालको केन्द्रीय सचिवमा चयन भएका छन । विद्यार्थी राजनीतिबाट युवाको राजनीतिमा सकृय भएका नेता ऐर वाईसियल नेपालको केन्द्रीय सचिवमा चयन भएका हुन ।

भदौँ पहिलो साता काठमाण्डौँमा सम्पन्न भएको नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेलाबाट केन्द्रीय सचिवमा सुप प्रदेश कञ्चनपुरबाट ऐर पदाधिकारीमा चयन भएका छन ।

युवा नेता ऐरसंगै सुप प्रदेशबाट उपाध्यक्षमा मन्जु बम, मिन बहादुर घर्ती(विश्व), उप महासचिव दिल ब. थापा(तुफान), सचिव शिव बोगटी, सुर्यकला थापा सहितका पदाधिकारी चयन भएका छन । कञ्चनपुरबाट केन्द्रीय अर्जुन ब. साउद, योगेश साउद, भुवन कुँवर, द्रोपती राना, संगिता चौधरी सहित केन्द्रीय सदस्यमा चयन भएका छन ।


ताजा समाचार

spot_img