निजामति कर्मचारीको दोस्रो चरणको आन्दोलन शुरु

कञ्चनपुर: सरकारले कर्मचारीविच चरम विभेद, अपेहेलित गर्नका लागि ल्याएको सेवा सुविधा बिरुद्धमा सिहदरबार देखि देशभरी आन्दोलनमा उत्रिएका निजामती कर्माचारी पुन: आन्दोलित भएका छन । अधिकृतदेखि माथिका कर्मचारीलाई थप सेवा सुविधा दिदै समाजवादको लक्ष्य बिरुद्ध निम्न स्तरका कर्मचारीको सेवाका सीमा लगाएको भन्दै आन्दोलनमा उत्रिएका पाँच कर्मचारी संगठन पुन आन्दोलित भएका हुन ।

सोमबारदेखि कञ्चनपुर सहित देशभरी आन्दोलनमा उत्रिएका छन । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला अध्यक्ष मान बहादुर चन्दले पाँच संगठनको आब्हान आन्दोलन शुरु भएको बताए । उनका अनुसार राष्ट्रिय कर्मचारी संगठन निजामती सहित नेपाल निजामती कर्मचारी यूनियत, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेशी निजामती कर्मचारी मञ्चको आब्हानमा सबै सरकारी कार्यालयमा माग लेखिको कालो ब्यानर टाँसेर आन्दोलन गरिएको छ ।

दर्जनौँ माग अघि सारेर हातमा समेत कालोपट्टी कामकाम गरिरहेका छन । विभेद रहित सबै कर्मचारीलाई समान हक अधिकार दिनुपर्ने माग अघि सारेर आन्दोलनमा उत्रिएका छन । १भदौँदेखि सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीपनि तलब बृद्धिको माग अघि सारेर आन्दोलनमा उत्रिएका छन । सरकारले कर्मचारीविच सेवा सुविधामा विभेद गर्न थालेपछि कर्मचारी आन्दोलन हुन लज्जास्पद भएको छ ।

ताजा समाचार