ज्योती आफटर स्कुलमा सुकुम्बासी तथा मजदुरका १ सय बढी वालवालिका नि: शुल्क पढदै


महेन्द्रनगर :  भीमदत्त नगरपालिका वार्ड न. १८ स्थित सालघारीका बालबालिकाहरु निशुल्करुपमा अध्ययन गरिरहेका छन् । नगरपालिका परियोजना सल्लाहकार समिति समन्वयात्मक वैठकमा उक्त जानकारी दिईएको छ । निडस नेपाल र कोरियन संस्था गेट–पी कोरिया संगको साझेदारितामा भीमदत्त नगरपालिका वार्ड न. १८ स्थित सालघारीका बालबालिकाहरुको शिक्षामा स्तरोन्नति तथा महिलाहरुलाई सिपमुलक तालिम प्रदान गराई आत्मनिर्भर बनाउने उदेश्य सहित यो परियोजना संचालन गरिएको हो । हाल यस संस्थाले गैर संस्था महासंघ कन्चनपुरको जमिन ३० बर्षका लागी भाडामा लिई गेट–पी कोरियाको आर्थिक सहयोगमा ज्योती सामुदायिक केन्द्रको भवन निर्माण गरि बिभिन्न कार्यहरु गरिरहेको १२३ परियोजनाका प्रोजेक्ट लिडर सन्तोष सुनामाले जानकारी दिनुभयो ।

सुकुम्बासी तथा मजदुर बस्तीका बालबालिकाहरुलाई विद्यालय पश्चात निशुल्क शिक्षा तथा महिलाहरुको जीविकोपार्जनका लागि सिपमुलक तालिम संचालन गर्दै, सन् २०१९ देखि यस संस्थाले भीमदत्त नगरपालिका वार्ड न. १८ स्थित सालघारीका बालबालिकाहरुको शिक्षामा स्तरोन्नति तथा महिलाहरुलाई सिपमुलक तालिम प्रदान गराई आत्मनिर्भर बनाउने उदेश्य सहित यो परियोजना संचालन गरिएको उहाँले बताउनु भयो । ज्योती आफटर स्कुल सेन्टरले हाल १०० जना सुकुम्बासी तथा मजदुरबस्तिका बालबालिकाहरुलाई ५ वटा कक्षा संचालन गरि निशुल्क ट्युसन अध्यापन गर्दै आईरहेको छ । जसमा अग्रेजी लगायत विद्यार्थीहरुको आवश्यकतालाई ध्यानमा राखी अन्य थप बिषयहरुमा समेत कोचिंग गराउने परियोजनाका प्रोजेक्ट लिडर सन्तोष सुनामाले जानकारी दिनुभयो । साथै सरसफाई तथा बालअधिकार सम्बन्धी सचेतना महिनामा ४ पटक विद्यार्थीहरुलाई खाजा समेत प्रदान गरिने, बालबालिकाहरुको मनोबल बढाउन मनोरञ्जन तथा अतिरिक्त क्रियाकलापहरु नृत्य, गीत, चित्रकला, हाजिरीजवाफ, सामाजिक काम पनि सिकाईने भएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img