दार्चुलामा जीप दुर्घटनाः मृतको संख्या ५ पुग्यो

गोकुलेश्वर : दार्चुलामा जीप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गोकुलेश्वर बाट दार्चुलाका लागी छुटेको से १ ज–५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको हो ।

जिप सडकबाट करिब २५० मिटर तल खसेको छ । दुर्घटनामा परी ५ जनाको घटना स्थलमै मृत्यु भएको गोकुलेश्वर ईलाका प्रहरी कार्यालयका सई मनोज खडकाले जानकारी दिएका छन् । मृत्यु हुनेमा ४ जना पुरुष १ जना महिला रहेका छन् । अन्य ४ जना पुरुष, २ जना महिला र चालक समेत घाईते भएका छन् । घाईतेहरुको उपचारका गोकुलेश्वर अस्पत्तालमा भईरहेको उनले बताए । घटनाको बिषयमा अनुसन्धान भईरहेको र थप बिवरण आउन भने बाकी छ ।

ताजा समाचार

This will close in 10 seconds