लागु औषध सहित युवक प्रहरी नियन्त्रणमा

कञ्चनपुर: लागु औषध सहित कञ्चनपुरको बेदकोट नगरका एक युवक प्रहरी नियन्त्रणमा परेका छन । बुधबार दिउँसो भीमदत्त नगरपालिका ४ महेन्द्रनगरबाट बेदकोट नगरपालिका १ हातिथला वर्ष २२का रोहित दमाईलाई लागु औषध सहित प्रहरी नियन्त्रणमा लिएको छ ।

दमाईको साथबाट प्रहरीले लागुह औषध बरामद गरेको छ । नेपाल प्रहरीको प्रदेश प्रहरी इकाई कार्यालय लागुऔषध नियन्त्रण इकाई कञ्चनपृुरको टोली सहित जिल्ला प्रहरी र संघीय प्रहरीले दमाईलाई पक्राउ गरेको हो । दमाईको साथबाट ७२ एम्पुल फिनारगन, ७३एम्पुल एक्सोजेसिक सहितका लागृु औषध बरामद गरेको छ । प्रहरीले दमाई लागु औषधका तस्कर हुनसक्ने भन्दै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाईको छ ।

ताजा समाचार

This will close in 10 seconds