डडेल्धुरामा आयोजित भलिबल प्रतियोगितामा समाजसेवी मल्लको टिम विजयी

महेन्द्रनगर : डडेल्धुरामा आयोजित भलिबल प्रतियोगितामा टिम समाजसेवी बिनय प्रकाश मल्लले प्रथम स्थान हात पारेको छ । युवा सहभागिता समता मुलक समाज भन्ने मुल नारा का साथ श्री सिर्जनशिल समैजि युवा क्लब अमरगढि नगरपालिका वडा नम्बर ४ सुनेडाले आयोजना गरेको खुल्ला भलिबल प्रत्योगिता उक्त टिमले नगद रु ४५ हजार मेडल र प्रमाणपत्र सहित ट्रफि हात पारेको टिमका कप्तान तथा समाजसेवी सुरत तमोलीले बताए ।

यस्तै द्धितिय स्थान आयोजकले हात पारेको छ । द्धितियलाई तिस हजार मेडल र प्रमाणपत्र सहित ट्रफि हात तेस्रोमा रण बम गणले नगद १५ हजार मेडल र प्रमाणपत्र सहित ट्रफि हात पारेका छन । १३ वटा टिमको सहभागी रहेको उक्त खेल तिन दिन सम्म चलेको थियो ।

ताजा समाचार