निर्माण व्यवसायी संघ कञ्चनपुरको
नेतृत्वका लागि निरन्जन भट्ट आँकाक्षी

कञ्चनपुर: निर्माण व्यवसायीको छाता संगठन निर्माण व्यवसायी संघ कञ्चनपुरको आगामी भदौँ तेस्रो साता नयाँ नेतृत्व चयन हुने छ । निर्माण व्यवसायी संघ कञ्चनपुरको २४ भदौँमा २५ औँ बार्षिक साधारण सभा तथा अधिवेशन भईरहेको छ ।
अधिवेशनबाट संघको नयाँ कार्य समिति चयन हुने छ । यस पटक चर्चित सफल निर्माण व्यवसायी निरन्जन प्रशाद भट्ट नेतृत्वको आँकाक्षी देखिएका छन । संघको निर्वाचन आउँन झण्डै महिनादिन बाँकी रहदा भट्टले दौडधुप बढाएका छन ।
झण्डै तीन दशकदेखि निर्माण व्यवसायीमा प्रत्यक्ष संलग्न भएका निर्माण व्यवसायी भट्टले संघको नेतृत्वका लागि आँकाक्षा देखिएका हुन । उनले निर्माण व्यवसायीको हकहितका साथै अधिकार निर्माण क्षेत्रलाई सम्मानित पेशा बनाई दिगो विकास र सम्बृद्धिको चाहना लिएका छन ।
भट्ट परिवारबाट प्रभावित भएर क्याम्पस अध्ययन गर्दागर्दै निर्माण व्यवसायमा जुटेका थिए । उनका बाजे स्व.राधाकृष्ण भट्ट र बाबु टिकाराम भट्टपनि निर्माण व्यवसायी नै हुन । बाबु र बाजेले रोजेकै पेशा उनले पनि रोजेका छन ।
०५२ सालमा स्नातक अध्ययनकै सिलसिलामा भट्ट निर्माण व्यवसाय सम्हालेका थिए । वाईआर कस्ष्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक समेत रहेका भट्ट ०६१ सालदेखि निर्माण व्यवसायी संघ कञ्चनपुरको कार्य समितिमा बस्दै आएका छन । ०६१ सालमा कार्य समिति सदस्य निर्वाचित भएका थिए । ०७३ सालमा बरिष्ठ उपाध्यक्षमा निर्बिरोध निर्वाचित भए । ०७१ र ०७६ मा पनि अध्यक्षमा लडेका भट्ट सफल हुन नकेनन । निर्माण व्यवसायी महासंघ सुप प्रदेश महासचिवको समेत जिम्मेबारीमा निर्वाह गरिसकेका भट्ट यस पटक भने सहमतीकै प्रयासमा नेतृत्वका लागि दौडधुपमा छन । दैनिक निर्माण व्यवसायीसंग छलफल एव सम्वादमा छन । भट्ट सफल निर्माण व्यवसायी भएकै कारण समयमै गुणस्तरिय काम सम्पन्न गरेको भन्दै विभिन्न सरकारी कार्यालयबाट पुरस्कार तथा सम्मान पाएका थिए । निर्माण व्यवसायी मात्र नभई भट्ट समाजिक क्षेत्रमा समेत उत्तिकै परिचित छन । निङलाशैनी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भई शैक्षिक क्षेत्रमा योगदान पु¥याएको भन्दै गत बर्ष सरकारले भट्टलाई जनसेवा श्री पदमबाट विभुषित गरेको थियो । भट्ट उदयदेव बहुउदेश्यीय सहकारी, निङलाशैनी भुतपुर्व विद्यार्थी समाजदेखि थुप्रै समाजिक संघ संस्थासंग आबद्ध थिए । कोरोना महामारीकादेखि विभिन्न विपद्का लागि समाजिक काम गर्दै आएका निर्माण व्यवसायी भट्टको समाजिक क्षेत्रमा समेत चर्चा परिचर्चा छ । निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षका लागि देखिएका निर्माण व्यवसायी भट्टले आम निर्माण व्यवसायीका विद्यमान समस्या,पीडा सम्बोधन गर्दै हक अधिकारका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । भट्ट निर्माण व्यवसायी संघको अध्यक्षमा देखिएपछि उनलाई अन्य निर्माण व्यवसायीको समेत साथ सर्मथन रहेको छ ।

ताजा समाचार

This will close in 10 seconds