युवा नेता खडका क्षेत्रकै विकासका लागि संघीय सरकारलाई घचघच्याउँदै

कञ्चनपुर: कञ्चनपुर निर्वाचन क्षेत्र १ युवा नेता एव बेलडाँडीका स्थानीय नेकपा एमालेका केन्द्रीय प्रचारप्रसार विभागका सदस्य रोशन खडकाद्धारा आफ्नो क्षेत्रको विकास र त्यहाँ रहेका समस्या समाधान गरिदिनका लागि संघीय सरकारका मन्त्रीहरुसंग भेटवार्ता गरेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिका भौतिक पुर्वाधारका हिसावले निकै पछाडी परेको पालिका हो । अहिले सम्म सदरमुकाम देखि यस पालिका सम्म पुग्ने बाटोघाटोहरुको अवस्था निकै खराव छ । यस पालिकाको विकासमा स्थानीय सरकार बाहेक कसैको ध्यान पुगेको छैन् ।

वर्षातको बेला हिलो र हिउँदमा धुलैधुलो हुने यहाँका सडकहरुको अवस्था छ । यस क्षेत्रमा बषौं देखि आरक्ष पिडितका समस्या जिउकातिंउ छन् । स्वास्थ्य उपचार समयमै नपाउदा अकालमै ज्यान गुमाउनु पर्ने यहाँ नागरिकको अवस्था छ ।

शुक्लाफाँटा निकुञ्जका कारण यहाँका नागरिकहरुले धेरै सास्ती झेल्नुपरेको छ, दैनिकी चितुवाको आक्रमणले घरपालुवा पशुपंक्षी समेत मारीदैछन् । जंगली जनावरले बालीनाली सखाप गर्ने गरेको अवस्था लगायका क्षेत्र वासीहरुले भोग्नुपरेको समस्याका बारेमा खडकाले सम्वन्धित मन्त्री सरोकारवालाहरु लगायतलाई भेटेर समधानको उपाय खोज्नमा जुटेका छन् ।

यस्तै नेपाल प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो । प्राकृतिक रूपमा नेपालमा धेरै महत्वपूर्ण स्थानहरू रहेका छन् । सबै क्षेत्रलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न सक्ने हो भने वार्षिक लाखौं पर्यटक भित्र्याएर अर्बौं विदेशी मुद्रा सजिलै आर्जन गर्न सकिन्छ । नेपालको पर्यटनमा धेरै सम्भावना बोकेको क्षेत्रमध्ये एक हो कालिकिच ताल । ताललाई पर्यटनसँग जोड्ने हो भने संरक्षण र विकास हुने देखिन्छ । कति त प्रचारप्रसार नभएरै लोप भइसकेका छन् भने भएका जति केही तालहरू संरक्षणको अभावमा दूषित बन्दै र पुरिदै लोप हुने अवस्थामा छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिणी किनारमा रहेको बेलडाँडी गाउँपालिका र निकुञ्ज संगै जोडिएको कालिकिच ताल, संरक्षण र प्रवद्र्धनको पर्खाइमा रहेको अवस्था छ । करिब ५ किलो मिटर क्षेत्रमा फैलिएको ताललाई गाउँपालिकाको स्वामित्वमा ल्याइ आय श्रोतको मुख्य विन्दुबन्ने देखिएकोले यसतालको संरक्षणमा सरोकारवालाको ध्यानआकषर्ण गर्न लागि विभिन्न मन्त्रालय धाउने कार्यक्रम रहेको खडका बताउछन् ।

हिजो मात्र वन तथा वातावरण मन्त्री प्रदिप यादव, भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई लगायतलाई भेटेर आफ्नो क्षेत्रको समस्या समाधान गरिदिनका लागि आग्रह गरेका छन् । उनले ताल संरक्षण, कंचनपुरको एक नम्बर क्षेत्रमा ठेकेदारको लापारबाहीले रोकिएका सड्क निर्माणलाई अघि बढाउन र सड्कको स्तरउन्नतिका लागि बजेटको व्यवस्था गर्न भेटमा आग्रह गरेका थिए । दुबै मन्त्रीहरुले तत्काल केहि समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

युवा नेता खडकाले भने आफु पहिले पत्रकारिता क्षेत्रमा रहेको र नेताहरु विकास गर्लान भन्ने विश्वासमा रहेको तर नेताहरुमा त्यो सक्रियता नदेखिएपछि आफै विकासका लागि सक्रिय भएर लागेको बताए । आफ्नो क्षेत्रको विकासका लागि आफुले गर्न सक्ने पहल आफुले गर्ने उनको भनाई छ । कालिकिच ताललाई बेलडाँडीको आयको मुख्य श्रोतका रुपमा स्थापित गर्न सकिने भन्दै उक्त अभियानमा आफु लागेको उनले बताए ।

ताजा समाचार