बेलडाँडी उपाध्यक्ष नाथकाे पहलमा ल्याएका एम्बुलेन्स र ७ लाखका स्वास्थ्य सामाग्री हस्तान्तरण


रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे बेलडाँडी गाउपालिका उपाध्यक्ष शान्ति नाथकाे पहलमा सुदूरपश्चिम पश्चिम प्रदेश सरकारबाट अनुदानमा ल्याईएका एम्बुलेन्स सहित ७ लाखका स्वास्थ्य सामाग्री स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएकाे छ । साेमबार प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा एक कार्यक्रमकाे आयाेजना गरी केही दिन अघि ल्याईएका एम्बुलेन्स र स्वास्थ्य सामाग्री स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएकाे गाउँपालिका उपाध्यक्ष नाथले कञ्चनपुर खबरलाई बताउनु भयाे ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालबाट अुदानमा प्राप्त ३९ लाख बराबरकाे २ बर्ष प्रयाेग गरिएकाे राम्रो कण्डिसनकाे एम्बुलेन्स र ७ लाख बराबरकाे स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरीएकाे बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथले बताउनु भयाे । उनले उपाध्यक्ष नाथले भने “प्रदेश स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट ७ लाख बराबरको स्वास्थ्य सामग्री र एउटा एम्बुलेन्स बेलडाँडी ल्याएर स्वास्थ्य केन्द्रका प्रमुख राजेन्द्र प्रसाद भट्टलाई हस्तान्तरण गरीएकाे बताए ।

स्वास्थ्य केन्द्र सञ्चालन समितिका अध्यक्ष एवं वडा नम्बर-२ का अध्यक्ष नारद सिह उर्यालकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना रहेका थिए । कार्यक्रममा बाेल्दै गाउपालिका अध्यक्ष रानाले बेलडाँडीका जनताकाे लागि स्वास्थ्यमा सहज पहुँच पुर्याउन लागेकाे बताउदै आगामि दिनमा समेत स्वास्थ्यका क्षेत्रमा पालिकाले काम गर्ने बताउनु भयाे । उनले भने “उपाध्यक्षकाे पहलमा ल्याईएका एम्बुलेन्स र स्वास्थ्य सामाग्रीले केही हद सम्म भएपनि बेलडाँडीका जनतालाई राहात पुग्ने विश्वास व्यक्त गरे ।”


Loading Viewer...

ताजा समाचार

spot_img