धिरेन्द्र भट्ट/कंचनपुर : सिंहदरबार भित्रका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन। सरकारले माथिल्लो तहका कर्मचारिहरुको आसमान ढंगले तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन। उक्त आन्दोलनलाई कडा रुप दिन भोलि देशभरिका नासु कर्मचारीहरु बिदामा बस्ने भएका छन। अर्थमन्त्रालयले बजेट घोषणा बिपरित माथील्लो तहका कर्मचारीहरुको तलब वृद्धि गरेको बिरोधमा सिंहदरभित्रका कर्मकारीहरुले प्रसासन सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन।

माथिल्लो तहका कर्मचारी अथवा अधिकृतको तलब वृद्धिको बिसयमा आपत्ति नभएको भन्दै आफू तहका कर्मचारीहरुको पनि सोही अनुसार तलब वृद्धि हुनुपर्ने काठमाडौ जिल्ला प्रसासन कार्यालय नासु गोविन्द प्रसाद कोइरालाले बताए। ‘पहिला जेठ १५ गते बजेट भासण हुदा खेरी समग्र कार्यालय सहयोगी देखि मुख्य सचीव सम्मको १५ प्रतिशातका दरले तलब वृद्धि गरेको भन्ने सुनेका थियौं’, कोइरालाले भने, ‘अहिले सार्वजनिक भएको तलब स्केलमा साखा अधिकृत भन्दा माथी २४ देखि २६ प्रतिशात सम्म तलब वृद्धि भएको छ।

नासु, खरिदार र त्यो भन्दा मुनिका कर्मचारीहरुको सावित बमोजिम १५ मात्र तलब वृद्धि भएको हामीले पायौं”। उनले यसको बिरोधमा भोलि देशभरिका नासुहरु आन्दोलन स्वरुप बिदामा बस्ने बताए।








