कञ्चनपुर: कटानीको उच्च जोखिममा रहेको बेदकोट नगरपालिका ४ स्थित सार्कीपार्की टोलमा तटबन्ध निर्माणमा खटिएका सशस्त्र प्रहरी बलका जवानलाई नेकपा माओवादी केन्द्रले चाउचाउ चिउरा, पानी वितरण गरेको छ ।
तटबन्ध निर्माणमा खटिएका सशस्त्र प्रहरी जवानलाई माओवादी केन्द्र बेदकोट नगर कमिटीले चाउचाउ, चिउरा र पानी वितरण गरेको हो । नेकपा माओवादी केन्द्र बेदकोट नगरका सचिव दान बहादुर बमले जनताको सेवामा अहोरात्र खटिने सशस्त्र प्रहरीको हौसलाका लागि चिउरा चाउचाउ वितरण गरिएको बताए । माओवादी केन्द्र नगर सचिव बमले सार्कीपार्की टोल विपद्को उच्च जोखिममा रहेको सरकारी निकायबाट थाहा हुँदाहुँदै समयमै तटबन्ध निर्माण नहुँदा नागरिक विपद्मा परेको बताए । माओवादी केन्द्रले कटानी क्षेत्रको स्थलगत अनुगमनका साथै चौधर नदीको हेड टु टेल बलियो तटबन्ध निर्माणमा जोडदिएका छन ।








