सुकुमबासी संघद्वारा भूमिहिनलाई लालपुर्जा वितरण गर्न माग


खडक बहादुर काेली/कञ्चनपुर : अखिल नेपाल सुकुमबासी संघले कञ्चनपुरका भूमिहिन नागरिकलाई लालपुर्जा वितरण गर्न माग अघि सारेको छ । नेकपा माओवादी निकट अखिल नेपाल सुकुमबासी संघ कञ्चनपुरले सोमबार जिल्लाका विभिन्न सरकारी निकायमा ज्ञापन पत्र बुझाउँदै भूमिहिन नागरिकलाई लालपुर्जा वितरण गर्न माग अघि सारेको हो । भीमदत्त नगरपालिका १८नम्बर वडा,नगरपालिका, भूमि आयोग र प्रशासनमा ज्ञापन पत्र बुझाएको अखिल नेपाल सुकुमबासी संघ कञ्चनपुरले जनाएको छ ।
सुकुमबासी संघले भुमिहिन सुकुमबासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको वास्तविक पहिचान गरेर बसेकै स्थानमा जमिन उपलब्ध गराई लालपुर्जा वितरण गर्नुपर्ने माग अघि सारेर स्थानीय सरकारदेखि प्रशासन, आयोगमा ज्ञापन पत्र बुझाएको छ ।
भूमिहिन सुुकुमबासी समस्या छानबिन समितिमा स्थानीयत हका कर्मचारी अभाव हुँदा कामकाज ढिलाई भएकाले जनशक्ति थपेरै भएपनि शिघ्र काम गर्नुपर्ने , भूमि आयोगको कार्य निर्देशिका अनुरुप लगत लिदै छानबिन गर्नुपर्ने, सहजिकरण समितिमा सम्बन्धीत समुदायबाट प्रतिनिधित्व गराउनुपर्ने र भूमिहिन सुकुमबासी अव्यवस्थित बसोबासी १० बर्ष भन्दा अधिक समयदेखि बसोबास गरी आएकालाई चलनभोगका आधारमा सोही स्थानमा नापजाँच गरी जग्गाधनी प्रमाण पत्र दिनुपर्ने जोडदार माग अघि सारेका छन ।
अखिल नेपाल सुकुमबासी संघ कञ्चनपुरका कार्यवाहक अध्यक्ष राज बहादुर दमाईद्वारा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा साउन मसान्तसम्ममा संगठनले अघि सारेका माग पुरा नगरे आन्दोलनको चेतावनी दिएका छन । अखिल नेपाल सुकुमबासी संघ सुदूरपश्चिम प्रदेशका इन्चार्ज आनन्द सिह धामीले प्रदेशका सुकुमबासी,भूमिहिन दलितको जटिल समस्या भएपनि आयोग र सरकारी निकाय निरही भएको बताए । ज्ञापन पत्र बुझ्दै भीमदत्त नगरपालिका १८का कार्यबहाक अध्यक्ष हेम बहादुर बस्नेतले सुकुमबासी, भूमिहिन र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img