कञ्चनपुर : कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले जिल्लाको शान्ति सुरक्षा र सुशासनमा प्रतिबद्ध रहेको बताएका छन ।

सोमबार कञ्चनपुरका संचारकर्मीसंग परिचयात्मक कार्यक्रममा प्रजिअ अर्यालले जिल्लाको शान्ति सुरक्षा र सुशासनमा प्रतिबद्ध रहेको बताएका हुन ।

प्रजिअ आर्यालले सुशासन, विकास र सार्वजनिक सेवा प्रवाहमा समन्वयात्मक ढङगबाट अघि बढने बताए । कञ्चनपुरका पत्रकारले तस्करी नियन्त्रण, अनियमितता र दण्डहिनता बिरुद्धमा एक्सन लिन सुझाव दिएका छन ।







