बिपद् प्रतिकार्यको लागि दोधारा चाँदनी नगरपालिकाले खरिद गर्‍यो मोटर बोट


दोधारा । दोधारा चाँदनी नगरपालिकाले बिपद् प्रतिकार्यको लागी मोटर बोट खरिद गरेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसी नेपालको सहयोग र सहकार्यमा बिपद् ब्यवस्थापन तथा प्रतिकार्यको लागी मोटर बोट खरिद गरेको हो । हिजो अबेर साँझ दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवर नजिक जगबुडा नदीमा मोटर बोटको नमुना अभ्यास समेत गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का राजकुमार सुनारले जानकारी दिएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसीए नेपालको रु. ५ लाख र दोधारा चाँदनी नगरपालिका कार्यालयले झण्डै रु. ७ लाख गरि रु. १२ लाखमा उक्त उद्धार मोटर बोट खरिद गरिएको बताईएको छ् ।

नमुना अभ्यासको क्रममा स्थानियहरुले दोधारा चाँदनी नगरपालिका कार्यालयले संघ–संस्था संग सहकार्य गरि बाढीको बेला उद्धारको लागी ल्याएको मोटर बोटलाई उत्साहपुर्वक स्वागत गरेका छन् । सशस्त्र प्रहरीका सई उद्धव बहादुर धानुकको कमाण्डमा आएको ६ जनाको खोज उद्धार टोलीले मोटर बोटको नमुना अभ्यास समेत गरेका थिए । अभ्यास कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा जोशी, वडाध्यक्षहरु, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का राजकुमार सुनार लगाएत स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । कुतियावकरका एक स्थानिय मोतीराम सुनारले दोधारा चाँदनी नगरपालिका वडा नं. १० को कुतियाकवर, शान्ती टोल, बैतिफाँटा, अठार नम्वर पिल्लर बस्ती लगाएत टोलहरुमा बाढी आएको बेला उद्धारको निम्ती मोटर बोट कोशेढुङ्गा साबित हुने बताएका छन् । बाढी आएको बेला बिगतमा काठले बनाईएको किस्तीको सहारा बाढीको बेला स्थानियहरुलाई उद्धार गरिदै आएका अवस्थामा काठले बनाईएको किस्तीबाट उद्धार गर्दा निकै सकस हुने गरेको स्थानिय मोती राम सुनारले बताएका छन् । ‘बाढी आएको बेला मोटर बोटले उद्धार गर्न निकै सहज हुनेछ्’ स्थानिय मोतिराम सुनारले भने ।

दोधारा चाँदनी नगरपालिकामा गएको कार्तिक २ गते आएको बिनासकारी बाढीले महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको लाखौंको धनमालको क्षती बनाएको थियो । त्यत्ती बेला उद्धार सामग्रीको निकै अभाव भएको कारण स्थानियहरुको ज्यान जोगाउन समेत उद्धारकर्मीलाई हम्मे हम्मे परेको थियो । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ र १० बाढीको बढी प्रभावित क्षेत्र रहेको बताउदै बाढीको बेला उद्धार सामग्रीको आभाव श्रजना भएको अवस्थामा नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपाल संग सहयोग सहकार्य गरि उद्धारको लागी मोटर बोट खरिद गरिएको बताएका छन् । बाढी आएको बेला धनमाल संगै मानविय क्षतीलाई रोक्न समेत मोटर बोटको अहम भुमिका रहने मेयर लिम्बुले बिश्वास राखेका छन् । बिपद् प्रतिकार्यको लागी मोटर बोट खरिद गर्न नगरपालिका संग सहयोग र सहकार्य गर्ने नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसीए नेपाललाई दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले बिशेष धन्यबाद दिएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का राजकुमार सुनारले दोधारा चाँदनी नगरपालिका कार्यालय संग सहकार्य गरि बिपद् ब्यवस्थापनको निम्ती मोटर बोट खरिद गरिएको बताएका छन् । शुदुरपश्चिममै स्थानिय तहले संघ–संस्था संग सहकार्य गरि बाढीको बेला उद्धारको लागी मोटर बोट खरिद गरि ल्याउने नगरपालिका दोधारा चाँदनी रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का राजकुमार सुनारले बताएका छन् । बाढीको दृष्टिकोणले उच्च जोखीम रहेको दोधारा चाँदनी नगरपालिका विपद व्यवस्थापनको निम्ती मोटर बोट खरिद गरि ल्याएको बिषयमा स्थानियहरुको जिवन रक्षाको कार्य गरेको बताउदै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसीए नेपाल र दोधारा चाँदनी नगरपालिका कार्यालयलाई स्थानियहरुले उच्च प्रशंसा गरेका छन् ।


ताजा समाचार

spot_img