दोधारा चाँदनीका मेयर भन्छन्– ‘मध्यवर्ती क्षेत्र आर्शिबाद कि, श्राप ?’


पप्पु गुरुङ्ग, दोधारा । अहिले दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधी छाडा पशुचौपाया नियन्त्रणमा रातदिन तल्लीन रहेका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाहरुले स्थानिय किसानहरुको खेतीवाली खाएर नष्ट गर्न थालेपछि नियन्त्रण तथा ब्यवस्थापनको लागी जनप्रतिनिधीहरुलाई स्थानियहरुले तोकता गर्न थालेका हुन् । दोधारा चाँदनी नगर क्षेत्रको चुनावी मुद्धा समेत रहेको छाडा पशुचौपाया ब्यवस्थापनको लागी जनप्रतिनिधीहरु रातदिन खटिदै आएका छन् । छाडा पशुचौपाया नियन्त्रण तथा ब्यवस्था निकै चुनौती समेत रहदै आएको हो । अहिले दोधारा चाँदनी नगरपालिकाका वडा नं. १, २, ४, ५, ७ मा रहेको सामुदायिक बनहरुमा छाडा पशुचौपाया नियन्त्रणका लागी निमार्ण गरिएको काँञ्जी खोरमा छाडा पशुचौपायालाई राख्ने काम भईरहेको छ् । छाडा पशुचौपायाले सताउन थालेको किसानको गुनासो सम्बन्धित वडा कार्यालय र नगरपालिका कार्यालयमा दिनहु पुगेपछि व्यवस्थापन तथा नियन्त्रणको निम्ती दोधारा चाँदनी नगरपालिका कार्यालयले अल्पकालिन तथा दिर्घकालिन योजना बनाउन थालेको बताईएको छ् ।

सामुदायिक बनहरुमा छाडा पशुचौपाया नियन्त्रणको लागी काँञ्जी निमार्ण गरे संगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाँउले मध्यवर्ती सामुदायिक बनहरुमा छाडा चौपाया ब्यवस्थापन तथा नियन्त्रणको नाउमा बन क्षेत्रको प्रयोग नगर्न अनुरोध गरेको छ् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको सामुदायिक बनहरुमा काँञ्जी खोर बनाएर छाडा चौपाया राख्ने बिषयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाँउले आफ्नो गम्भिर ध्यानआकर्षण भएको जनाएको छ् । ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा अवस्थित मध्यवर्ती सामुदायिक बनहरुमा छाडा चौपाया ब्यवस्थापन गर्न सामुदायिक बन क्षेत्र प्रयोग गर्ने भन्ने बुझिन आएकोले यस कार्यालयको गम्भिर ध्यानआकर्षण भएको छ् । सामुदायिक बनहरुमा जुन प्रयोजनको लागी हस्तान्तरण गरिएको हो सो भन्दा बाहिर गई मध्यवर्ती सामुदायिक बनको बिद्यान, कार्य योजना, बिपरित कार्य नगर्न/नगराउन हुन मध्यवर्ती सामुदायिकहरुले आफ्नो बिद्यान, कार्य योजना बिपरित कार्य वा कानुन बर्खिलाप कुनै पनि कार्य गरेको भेटिएमा मध्यवर्ती क्षेत्र ब्यवस्थापन नियमावली २०६२ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कार्वाही समेत हुने ब्यवहोरा जानकारीको लागी अनुरोध छ्’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाँउको परिपत्रमा उल्लेख छ् । छाडा पशुचौपाया नियन्त्रणको लागी सामुदायिक बनहरुमा ब्यवस्थापनको गर्न निकुञ्जको आपत्ती प्रति दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले आपत्ती जनाउदै नगरपालिकालाई मध्यवर्ती अर्थात बफरजन आर्शिबाद कि, श्राप भनेका छन् ।

नगर प्रमुख लिम्बुले मध्यवर्तीकै कारण केही दिन अघि मात्रै महाकाली नदी तटबन्धको स्तोत्तरउन्नी तथा मर्मत हुन नसकेको समेत बताएका छन् । छाडा पशुचौपाया ब्यवस्थामा निकुञ्ज कार्यालयले समस्या पारेको उनको भनाई रहेको छ् । ‘दुई महिना अघि बफरजोनको कारणले महाकाली नदिको तटबन्ध (बन्दा) को स्तर उन्नती तथा मर्मत हुन सकेन् । आज फेरी छाडाचौपाया व्यवस्थापनमा पनि समस्या । स्थानिय सरकार के आरक्षको कार्यालयबाट संचालन हुनु पर्ने हो ? हाम्रो नगरपालीको लागि बफरजोन आर्शिबाद कि, श्राप ?’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

 


ताजा समाचार

spot_img