हावापानीबाट पिडितलाई भेट्न पुगे दोधारा चाँदनीका नगर प्रमुख


पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी वर्षा संगै आएको हावापानीले स्थानियहरुको घरहरु क्षती बनाएपछि दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु उनिहरुको घरमा भेट्न पुगेका छन् । गएको बिहिवार आएको वर्षा संगै हावाले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का एक दर्जन भन्दा बढीको घरमा क्षती बनाएको थियो । गएका बिहिवार हावा पानीले स्थानियहरुको घरको छाना, बिद्युत मिटर, रुख तथा मकैका बिरुवामा क्षती बनाएपछि आज दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु सम्मलित टोलीले क्षती भएका घरहरुको अनुगमन गरेका छन् । टोलीमा अधिकारकर्मी तथा सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्द, दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रावल, वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडी लगाएतको सहभागिता रहेका थिए । अकस्मीतरुपमा आएको अबिरल वर्षा संगै हावाले स्थानियहरुको घरमा गरेको क्षतीको सहयोगको पहल थाल्ने दोधारा चाँदनी नगरपालिकाका नगर फ्रमुख किशोर कुमार लिम्बुले बताएका छन् ।

अनुगमनको क्रममा मेयर लिम्बुले आर्थिक अवस्था दैनिय रहेका ब्यत्तीहरुको घरहरुमा हावा पानीले क्षती बनाएको हुदा यथासक्य सहयोग गर्ने बताउदै घर तथा मकैमा क्षती भएकोमा दुख व्यक्त गरे । ‘आफ्ना नागरिकको यो पिडामा मल्हम लगाउने गरि नगरपालिका सहयोग गर्न तयार छ्’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले भने । हावापानीले घरको छाना फाल्नुको साथै बिद्युत मिटर तथा खाद्य सामग्री क्षती गरेको स्थानियहरुले बताएका छन् । हावा पानीले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ निवासी पप्पु बाँठा, कल्याण सिंह महता, सिता देबी महता, शिम्न्युहा लोहार, गणेश दत्त ओझा, राम सिंह भण्डारी, करन सिंह सुनार, शिव सिंह साँउद र गोपाल साँउद लगाएत एक दर्जन स्थानियहरुको घरको छाना उडाईदिएको, बिद्युत मिटरमा क्षती, खाद्य सामग्रीमा क्षती पुर्‍याएको बताईएको छ् । स्थानियहरुको घरको छाना उडाउदा स्थानियहरु बिचल्लीमा परेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडीले प्रहरी मुचुल्का सहित वडा कार्यालयबाट सिफारिस गरि नगरपालिका कार्यालयमा क्षतीको बिबरण दिने कार्य भईरहेको बताएका छन् ।


ताजा समाचार

spot_img