दोधारा चाँदनीका मेयरलाई बादी परिवारद्धारा आवास तथा रोजगारीको माँग


दोधारा । दोधारा चाँदनीका मेयरलाई बादी परिवारले आवास र रोजगारी दिन माँग राखेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा बस्दै आएका बादी घरपरिवारले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई आफुहरुलाई बस्नको लागी घर र राजगारी दिन माँग राखेका छन् । सुक्रवार दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर बादी घरपरिवारहरुले मेयर किशोर कुमार लिम्बुलाई भेट गरि आफुहरुलाई बस्नको लागी घर र छाक टार्न रोजगारीको अति आवश्यकता देखाउदै उक्त माँग राखेका हुन् । दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले उनिहरुले समस्याको बारेमा आफुहरु गम्भिर रहेको बताउदै बादी परिवारको समस्या हल गर्न आफु तयार रहेको बताएका छन् । वडाध्यक्षहरु संग छलफल गरि बादी समुदायको लागी आवश्यक सहयोग गर्ने मेयर लिम्बुले बताएका छन् ।

बादी परिवारहरुले आवास तथा रोजगारी संगै खानेपानीको ब्यवस्था गरिदिन समेत मेयर लिम्बुलाई आग्रह गरेका थिए । बडवाल टोलमा ८ घरधुरी बादी घरपरिवार बस्दै आएका छन् । देशमा तिन तहका सरकारले बजेट बिनियोजन गर्दै आएको छ् । तर बादी घरपरिवारहरुको जिवन परिवर्तनको यात्रा तय गर्न कसैले ध्यान दिएका देखिदैन् । बादी बस्तीको पीडा घट्नु साटो झन् झन् बढ्दो छ् । देशकै सबै भन्दा पछाडि परेको र सबै भौतिक हक तथा सुविधाबाट वञ्चित भएका छन् बादी समुदाय । जनसंख्याका हिसाबले पनि सबै भन्दा सानो मध्यको समुदायको आनीबानी भने अरुको भन्दा पृथक् छ् । अभावै अभाव झेल्दै र सहदै आएका बादी परिवार अहिलेको जस्तो मनपरीको अवस्थामा पनि कतै कसैको घर जग्गा कब्जा गर्नेका भीडमा मिसिन चाहदैनन् । न त उनीहरु आफनो पीडालाई आन्दोलन र विद्रोह बिउनै बनाउने कुरा सोच्छन् ।

 


ताजा समाचार

spot_img