कृषिमा आवद्ध युवा तथा महिला व्यवसायिकहरुलाई साईकल वितरण कार्यक्रम


पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका, भिमदत्त नगरपालिका र पर्शुराम नगरपालिकाका कृषीमा आवद्ध युवा तथा महिला ब्यवसायिहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको सहयोगमा साईकल बितरण गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको सहयोगमा सुद्धढ परियोजना अन्तर्गत दोधारा चाँदनी नगरपालिका, भीमदबत्त नगरपालिका र पर्शुराम नगरपालिकाका कृषीमा आबद्ध युवा तथा महिला ब्यवसायिहरुलाई ५१ थान साईकल बितरण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जनाएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको सहयोगमा संचालित सुद्धढ परियोजना अन्तर्गत आबद्ध सहकारी समुहका युवा तथा व्यवसायीहरुलाई कृषि तथा साना व्यवसायी संचालन तथा परिचालनका लागि साईकल बितरण गरिएका नेफाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताएका छन् ।

साईकल हस्तान्तरण कार्यत्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु, भिमदत्त नगरपालिकाका मेयर पदम बोक्टी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, दोधारा चाँदनी नगरपालिका, भिमदत्त नगरपालिका र पर्शुराम नगरपालिकाका कृषीमा आवद्ध युवा तथा महिला ब्यवसायिहरुको उपस्थिती रहेको थियो । भिदत्तनगरपालिकाका मेयर पदम बोक्टीले कृषीमा आवद्ध युवा तथा महिला ब्यवसायिहरुलाई आफ्नो ब्यवसायिक संचालन गर्न सहजताको लागी हस्तान्तरण गरिएको साईकलले उनिहरुको ब्यवसाय गर्न सहज पुग्ने अपेक्षा राखेका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले सामाजमा गर्दै आएको सहयोग उल्लेखनिय कार्य गर्दै आएको बताउदै नगर क्षेत्रमा स्थानिय किसानहरुको जिवन स्तर उकास्न स्थानिय सरकारलाई सघाएको भन्दै मेयर बोक्टीले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का टिमलाई धन्यबाद दिएका थिए ।

दोधारा चाँदनी, भिमदत्त र पर्शुराम नगरपालिकाका कृषीमा आवद्ध युवा तथा महिला ब्यवसायिहरुलाई साईकल बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मझौला खालका एक ब्यवसायी खली देबि रोकायाले कृषीमा आबद्ध रहेर ब्यवसायी गर्न चाहाने तथा ब्यवासायी गर्दै आएका स्थानियहरुलाई निकै सघाउ पुग्ने बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका जग्गा निकै उर्वरक रहेपनि भारतिय बजारबाट आएका बिषादी र सडेगलेका खाद्य सामग्रीहरुले स्वास्थ्यमा प्रतिकुल असर पर्दै आएको बताउदै स्थानिय स्तरमा कृषी उत्पादनलाई सघाउन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सघाएको भन्दै दोधारा चाँदनी नगरपालिकाका मझौला खालका ब्यवसायी खली देबि रोकायाले संस्थाको प्रशंसा गरेका थिए ।


ताजा समाचार

spot_img